भगवान भण्डारी । सोझो हुँदा जस्ताले नी हेप्दारैछन् त्यसैले म अली बाँगो हुन थालेको छु। नेपालका जनजातीको बिषयमामा केहि कुरा गर्न मन लाग्यो कसैलाई चित्त नबुझे आफ्नै टाउको ठोक्नु बस्नु। मेरो अहिले सम्मको भोगाईमा अनि इतिहास अध्ययन गर्दा नेपालमा सबैभन्दा मेहनती, ईमान्दार सहयोगी, साँस्कृतिक हिसाबले अगाडी साहसी, परेको खण्डमा ज्यान दिन पनि सक्ने र लिन पनि सक्ने जनजातीहरू नै हुन। उनिहरूको बीरता र सोझो पनको फाईदा उठाउँदै, नेपालका शाषक तथा गैर शाषकहरूले बिभिन्न काल-खण्ड देखि अहिले सम्म जनजातिहरूलाई नै हतियारको रूपमा प्रयोग गर्दै आईरहेका छन् र सधैँ आश्वासन देखाएर उनिहरूलाई प्रयोग गर्ने र आफुले फाईदा उठाउने काम गरिरहेका छन्।
यहाँ जातिय बिभेद भयो जनजातीहरू अगाडी आउनु पर्छ भनेर प्रचण्ड बाबुरामले उचाले उनिहरूले पत्याए तर त्यहाँ पनि लिडर बाहुनहरू नै थिए, आफुलाई प्रयोग मात्र गरेका हुन भन्ने हेक्का राख्नै सकेनन् यहि नै उनिहरूको सोझो पन हो। पछि प्रचण्डहरू सत्तामा पुगे जनजातिलाई धरातलमै छोडे तै पनि हाम्रो लागी बोलेका छन् भन्दै सपोर्ट गरिरहे, तर जनजातिलाई फकाउने बेलाको मुद्दा चाहिँ जनजाति नेतृत्वमा आउनुपर्छ भन्ने थियो, यति नराम्ररी ठगेर बाहुनहरू सत्तामा पुग्दा पनि उनिहरूले केहि मेशो पाएनन् । अहिले पनि जनजातिको नाम भजाउने र अरूले फाईदा उठाउने क्रम चलिरहेकै छ । राजनितिज्ञहरूले त प्रयोग गरिरहेकै थिए। तर अहिले पछिल्लो समयमा आएर धर्म बेचुवा डलरेहरूले समेत तिनै सोझाहरूलाई उपयोग गरिरहेका छन् । जहाँ प्राय ठग्नेहरू बाहुन र क्षेत्री नै छन्। जस्लाई कृष्चियनको भाषामा पास्टर भन्दारैछन्।
मैले यो फुर्सदको समयमा प्राय युट्युबमा भएका यी ठगहरूका नौटँकिहरू हेरिरहेको छु। प्राय सबै भिडियोहरूमा गफ दिने बाहुनहरू र पत्याएर रूने जनजातिहरू देखिन्छन्। र भनिरहेका हुन्छन् हिन्दु धर्मले जनजातिलाई भेदभाब गर्यो तपाईहरू अब यता आउनुस् त्यति बेला पनि ति सोझाहरूलाई ख्याल हुन्न कि यो पनि बाहुन हो। सबै भिडियोहरूमा प्राय ति बेचुवाहरूको एउटै प्रकारको कथा र भन्ने शैली उस्तै हुन्छ। फरक यत्ती हुन्छ कि । कसैको मृगौला बिग्रेर यशुले बनाईदिएको हुन्छ । कसैको क्यान्सर यशुले सन्चो बनाको हुन्छ। कसैको ह्यापटाईटिस् बि यशुले निको पारेको हुन्छ। त्यहाँ ९९% पत्याएर रूने जनजाति र दलिदहरू देखिन्छन्। तर बिचरा उनिहरूलाई के थाहा यीनिहरूको प्रत्यक शब्दमा झुट छ र यो झुटले डलर कुम्ल्याएका छन् भनेर अन्तयमा सबै जनजाती र दलितहरूलाई सम्मान गर्दै म अनुरोध गर्न चाहान्छु । तपाईको हक़ हितको लागी लड्दैछु भनेर कुनै अरू जाती आउँछ भने त्यो आफ्नो स्वार्थ पुर्ति गर्न मात्र आएको हुन्छ। जनजातिको हक़ हितमा बोल्ने लिडर जनजाति नै हुनु पर्छ। नकि कुनै छट्टु बाहुन या क्षेत्री !
पाप र धर्म मनमा हुन्छ कुनै बाईबल अथवा गीताम हैन धर्मात्मा हुनको लागी धर्म परिबर्तन गर्न पर्दैन मनको पाप हटाए पुग्छ। धर्म परिबर्तन गर्ने पापिहरूले हो।
No comments:
Post a Comment