काठमाण्डौ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’को समयमा हुने कालोबजारीलाई नियन्त्रण गर्न गृहमन्त्रालयले २४ घण्टा खुला रहने टोल फ्रि नम्बर उपलब्ध गराएको छ ।
यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा गृहमन्त्रालयले कसैले कालोबजारी, कृतिम अभाव सिर्जना गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न अनुरोध गरेको छ।
लकडाउनको मौका छोपी बिरगन्जका सुरेश मेकिडल हललाई स्थानीय प्रशासन र वाणिज्य, आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालयको टोलीले कारबाही गरेको छ । मेडिकलले ३५ रुपैयाँ पर्ने पंजालाई ५० रुपैयाँमा बेचेको स्थानइयको गुनासो पछी उनी कारबाहीमा परेका थिए ।
No comments:
Post a Comment