काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको छ। विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी छ भने लगत्तै नेपालले पनि उच्च सतर्कता अपनाएको छ ।
चिन र भारतको नाका देखी धेरै मानिसको आवतजावत हुने भएकाले पनि यहाँ सतर्कता अपनाउन आवश्यक देखिए लगत्तै सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको थियो । कोरोना भाईरस संक्रमण देखी जोगिन आम नागरिकलाई घरमा बस्न आग्र्ह गरिएको छ । प्रधान मन्त्री केपी शर्मा ओलिले पनि 'म पनि घर मै बसेर सरकार संचालन गरेको छु । तपाईं हरु पनि घरमै बस्नुहोस् । प्रधानमन्त्रीले सामाजिक संजाल देखी ट्वीट् गर्नु भएको छ ।
No comments:
Post a Comment