Tuesday, March 24, 2020

सियारीमा लकडाउन, चहलपहल न्यून

सियारी, रुपन्देही ।  विश्वभर फैलिएको नोबेल कोरोना भाइरसले अहिले नेपाललाई पनि छोइसकेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताइरहेको अवस्थामा नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्ने संकेत आइसकेको छ । सोमबार साँझ सर कारले ११ गतेदेखि १८ गतेसम्म लागू हुने गरी देशभर लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमणलाई नेपालमा नियन्त्रण गर्न उच्चस्तरीय सरकार तथा स्थानिय सरकारको कदम अगाडि बढेको छ । नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।


मंगलबारदेखि जारी लकडाउन कै देशभर सुनसान छ । विभिन्न जिल्लाका व्यस्त हुने सहर खाली भएका छन । त्यस्तै कोरोना विशेष रोकथाम तथा नियन्त्रणका लागी गरेको सरकारको अनुरोध सबै जिल्लामा लागू भएको देखिएको छ । सोही अनुरुप रुपन्देहीको सियारी गाउँपालिकामा पनि लकडाउनको सकारात्मक प्रभाव देखा परेको छ । मंगलबार बिहानै देखि सियारी गाउँपालिका अन्तर्गतका अत्यावश्यक पसलबाहेक सबै पूर्ण रुपमा बन्द छन । सोमबार सियारी गाउँपालिका‌‌ अध्यक्ष अयोध्या थारुको नेतृत्वमा बसेको सरोकारवालाहरुको बैठकले गाउँपालिका भित्र आईसोलेसन वार्ड तथा हेल्प डेस्क निर्माण गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस सङ्क्रमणलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गरी आइसोलेसन वार्ड तयार गर्न लागिएको गाउँपालिका अध्यक्ष आयोध्या थारूले बताए ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...