Tuesday, March 31, 2020

ओमसतिया गाउँपालिकामा ५० लाखको विपद व्यवस्थापन तथा राहत कोष खडा




भैरहवा ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले कोेरोना भईरस (कोभिड-१९) को नियन्त्रण तथा रोकथामका लागि ५० लाख बराबरको विपद व्यवस्थापन तथा राहत कोष खडा गरेको छ ।  गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै कोष स्थापना गर्ने निणर्य गरेको हो ।

एन. एम. बी. बैङ्क ठुटिपिपल शाखाको खाता नम्बर ०४०००५७७६४५०००६७ मा रकम जम्मा गरी सहयोग गर्न सकिने गाउँपालिकाले एक सूचनामार्फत जनाएको छ । उक्त कोषमा उद्योगी, व्यापारी, राजनीतिक दल, समाजसेवी, संघ संस्था तथा इच्छुक आम नागरिकहरुलाई समेत आवश्यक सहयोग गर्नको लागि गाउँपालिकाले आग्रह गरेको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) ले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड-१९) को नियन्त्रण तथा रोकथाममा सम्पूर्ण पालिकाबासी एकजुट भई लाग्नुपर्ने अध्यक्ष केवटले भने । ओमसतिया-२ स्थित गहुँबाली अनुसन्धान केन्द्रमा निर्माण गरिएको १० बेड क्षमताको क्वारेन्टाइनमा गाउँपालिकाभित्र भारत तथा अन्य बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको खोजी गरी लैजाने तयारी भइरहेको उनले बताए । उक्त कोषमा रुपन्देहीको कोटिहवामा अवस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजार सहयोग गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...