Friday, March 27, 2020

देवदह नगरपालिकाद्वारा एक करोडको कोष खडा

रुपन्देही  । रुपन्देहीको देवदह नगरपालिकाले कोेरोना भईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि न्यूनतम एक करोड बराबरको विपद व्यवस्थापन कोष खडा गरेको छ । नगर प्रमुख,उप–प्रमुख तथा वडा अध्यक्ष र सम्पुर्ण जनप्रतिनिधीहरुको एक महिनाको मासिक तलब अनिवार्य रुपमा रकम जम्मा गरी उक्त कोष खडा गरिएको हो ।
  साथै उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी लगायत आम नागरिकहरुलाई समेत उक्त कोषमा रकम जम्मा गरी सहयोग गर्नको लागि नगरपालिकाले आग्रह गरेको छ । एन. आइसी. एसिया बैंक खैरेनी शाखाको खाता नम्बर ०१५CA५०५१२७६६००३ मा रकम जम्मा गरि सहयोग गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ । देवदह नगरकार्यपालिकाको बैठकले सबै नगरबासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर नजान आग्रह गरेको छ । यदि नगरपालिकाले जारी गरेको नियमको पालना नगरे कडा कारवाही समेत गरिने जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...