Friday, March 27, 2020

ओमसतियामा १० बेड क्षमताको क्वारेन्टाइन

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आपतकालीन बैठक गर्दै ओमसतिया-२ मा रहेको गहुँबाली अनुसन्धान केन्द्रमा १० बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । आज बसेको स्वास्थ्यकर्मीको आपतकालीन बैठकले गहुँबाली अनुसन्धान केन्द्र अन्तर्गत रहेको सहकारी डिभिजनको कार्यालयमा २० लाखको लागतमा १० बेड क्षमताको एमर्जेन्सी क्वारेन्टाइन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष हिरा केवटले बताए ।
यसअघि कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण गर्नका गाउँपालिकाले प्रत्येक घरघरमा साबुन वितरण समेत गरेको छ । कार्यपालिकाको बैठकले निर्णय गरेको कोरोना विरुद्ध सचेतना मूलक कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा समाजसेवीहरुको जिम्मामा गाउँपालिकाभित्रका करिब साढे ६ हजार घरहरुमा एक जोडा साबुन वितरण गरिएको उनले बताए । 
गाउँपालिका अन्तर्गतका ६ वाटै वडाहरुमा उक्त सामाग्री वितरण गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशन दिइएको गाउँपालिका अध्यक्ष केवटले बताए । उनले यस विपद्को बेला सरकारले जारी गरेको एक हप्ते लकडाउनको निर्देशन पालन गरी अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किएर स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई सहयोग गर्न अपिल गरेका छन् । "यदि गाउँपालिका भित्र कोही बिरामी परे वा भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरुमा कोरोनाको आशंका देखिए नजिकको स्वास्थ्य चौकी वा सिधै मलाई सम्पर्क गर्न सक्नुहुन्छ" उनले भने । साथै गाउँपालिकाभित्र बिरामीहरुको सेवाका लागि एम्बुलेन्स र आवश्यक प्राविधिक सेवा चौबिसै घण्टाको लागि तयार रहेको उनले बताए । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...