काठमाडौ ः नेपाली समाजेवी इन्दिरा राना मगर अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष ३ स्थानमा पर्न सफल भएकी छन । विश्वभरका समाजेवीमध्ये उत्कृष्ट सेवा प्रदान गर्ने एकजनालाई यो अवार्ड प्रदान गरिन्छ । विश्भरीका मानवतावादी क्षेत्रमा सक्रिय समाजसेवीबाट गरिएको छनोटमा इन्दिर अन्तिम ३ को सूचीमा पर्न सफल भएकी हुन ।
![]() |
| sanghiyaexpress |
इन्दिरासँगै थाइल्यान्डका अविस राइडआउट र हङकङकी मारिया ल छन् । अन्तिम ३ को सूचीमा पुग्न सफलबाट नै एक जना अवार्ड विजेता छनोट गरिनेछ । बाँकी २ जना पनि कुनै न कुनै सहायक अवार्डको भागिदार बनिसकेका छन ।
विजेतालाई उच्च सम्मानका साथै नगद १ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ । फस्ट रनर अप र सेकेन्ड रनर अप हुनेले पनि कम्तीमा ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन । यो अवार्डको आयोजक प्रतिष्ठित अन्र्तराष्ट्रिय सामाजिक संस्था रोटरी क्लबको भगिनी संगठन हो । यसले बुधबार उत्कृष्ट ३ को नाम सार्वजनिक गरेको हो । यसले मानव सेवामा खटिएका विश्वभरीका समाजसेवी मध्येबाट उत्कृष्ट सेवा प्रदान गर्नेलाई एक जनालाई अवार्ड प्रदान गर्नेछ ।
झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिरा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छन् । उनी सामाजिक क्षेत्रमा आवद्ध भएको २६ वर्ष पुग्यो । उनी बन्दी सहायता नेपाल नामक संस्थाको संस्थापक समेत हुन् । यस क्रममा उनले अभिभावकत्व गुमाएका हजारौँ बालबालिकालाई सेवा गरिसकेकी छन । अन्नपूर्णबाट ।

No comments:
Post a Comment