बुटवल । तमू ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद बुटवल—७ दीपनगर ईकाई समितिले विभिन्न कार्यक्रमहरु गरेर रजत जयन्ती मनाउन सुरु गरेको छ । वडा अध्यक्ष प्रेम गुरुङको नेतृत्वमा समाजको २५ आंै वर्ष पुरा भएको उपलक्ष्यमा बुटवल—८ सुख्खानगर स्थित मानव सेवा आश्रममा आश्रित १३० जना महिला पुरुषहरुलाई भोजन दान गरेर रजत जयन्ती मनाउन सुरु गरेको हो ।
“नाङ्गै जन्मिने नाङ्गै जाने, मरेर जाँदा कसले के लाने मानिस सामाजिक प्राणी हो । जब मानिस भएर जन्म लिएपछि केही न केही मानवीय कार्यमा सरिक हुनु पर्छ भन्ने सोचाईका साथ वेसहारा र परिवारबाट बिछोडिएका व्यक्तिहरुसंग सहभागी भएर तड्पी रहेका, भड्की रहेका आत्माहरुमा आंशिक रुपमा भएपनि मल्हम पट्टि बन्न पाउँदा म लगायत मेरो सिंगो समाज खुशी र गौरम्वित भएका छौ” अध्यक्ष प्रेम गुरुङ्गले भन्नु भयो ।
सप्ताह व्यापी रजत जयन्ती मनाउने क्रममा ईकाइ समितीले अर्को मानवीय कार्य रक्तदान पनि गरिने अध्यक्ष गुरुङ्गले बताउनु भयो । सो अबसर मा शैक्षिक क्षेत्र १२ पास गरेका छात्रा÷ छात्र र ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिने बताए । सप्ताह व्यापी कार्यक्रमको सिलसिलेबार क्रममा टोल स्तरीय छोरी—बुहारी जागरण अभियान अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता र यसै क्रममा तमू ल्होसार २०७६ पौष १५ मा सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता मा प्रथम स्थान प्राप्त कलाकारहरुलाई प्रशंसा पत्र सहित नगदले प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको जानकारी गराएका छन ।

No comments:
Post a Comment