Tuesday, March 10, 2020

१० औं साहित्यिक सृजना वाचन श्रृङखला सम्पन्न

धरान । कालकूट साहित्यिक मञ्च धरानले होली पर्व विशेष अबसरमा आफ्नो १०औं श्रृङखला नियमित सृजना बाचन कार्यक्रम आयोजना गरेको छ ।  यस श्रृङखलामा सहभागी सबै सर्जकहरुले २(२ वटा कविता, गजल र मुक्त वाचन गर्नुभएको थियो ।

कोरोना भाइरसले विश्व त्रासित भईरहेको अवस्थामा साहित्यिक भेला तथा सभा सम्मेलन गर्न निकै जटिल भएता पनि धरान तथा धरानको पेरिफेरिमा रहनुहुने सम्पूर्ण साहित्यकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी सबै सर्जकहरुले १० औं साहित्यिक सृजना वाचन श्रृङखला कार्यक्रममा माया, प्रेम, प्रकृति, देशप्रेम, जीवन, धर्म, मानवीय चेतना, व्यङ्ग्य आदि विषयका छन्द तथा मुक्त छन्दमा कविता, गीत, गजल, हाइकु, मुक्तक आदि वाचन गरिएका थिए ।

कार्यक्रम मञ्चका अध्यक्ष श्री मनि राई गोठाले ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै प्रमुख अतिथिको रुपमा सृजनशिल युवा संगठन धरानका अध्यक्ष ज्युको सहभागिता रहेको एवं कार्यक्रम मञ्चका स(सचिव श्री इन्दु नेपाल योन्जन ज्युले संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...