तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल इन्भायरोमेन्ट एकेडेमी कोटिहावाले शनिबार आफ्नै सभाहलमा प्रचार्य सुन्दर गुरुङ्गज्युको अध्यक्षता सम्पन्न गरेको छ । कक्षा नर्सरी देखी ६ सम्ममा अध्ययनरत विद्याार्थीहरुको बहुप्रतिभालाई प्रस्कृत गर्न बिधालयले बर्सेनी सो कार्यक्रम गर्ने गरेको प्रचार्य गुरुङ्गले बताएकाछन् ।
बिधालयले ससाना बिद्यार्थीहरुको मनोबिज्ञानलाई समाज रुपान्तरण संगै जोड्दै भोली मुलुक प्रती केही न केही गर्ने उत्तरदायित्व बोधहुने गरी कला संस्कृति लगायतका बिभिन्न बिधामा अब्बल बनाउने हेतुले सो ईभेन्ट गर्दै आएको गुरुङ्गले जानकारी गराएकाछन । सो ईभेण्टमा कक्षा नर्सरी देखी ६ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले कबिता वाचन, गायन, कल्चरल डान्स र चित्रकला परदर्शनमा भाग लिएका थिए । झन्डै दुई दर्जन जती बिद्यार्थीले भाग लिएको सो ईभेण्टमा संचारकर्मी तथा सामाजिक ब्यक्तित्व रोशन अस्लामी र द रनवे-२०१८ का विनर तथा कोरियोग्राफी अन्जली नेपाली ले जज्मेन्ट गर्नु भएको थियो ।
सो कार्यक्रममा बोल्दै संचारकर्मी रोशन अस्लामी ले नोबेलले बर्सेनी गर्दै आएको मास्टर एण्ड मिस नोबेल सिजन-४ को उच्च प्रसंशा गर्नु भएको थियो । बिद्यार्थी भाईइबहिनिहरुको मनोबिज्ञानलाई समाजका बहुआयमिक पक्ष संग जोडदै अघी बढेकोमा नोबेल ले अन्य स्कुलको तुलनामा फरक प्रस्तुत गरेको छ । बिद्यार्थी र शिक्षक बिचको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन यस्तो ईभेण्टले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । नोबेलाका शिक्षक शिक्षिकाहरुको मेहनत र परिश्रमको पनि उच्च प्रसंशा गर्नु भएको थियो ।
कोरियोग्राफी मदन नेपाली, बिद्यार्थी, शिक्षक-शिक्षिका र अभिभावकहरुको उपस्थिती रहेको उक्त ईभेण्टमा स्वागत मन्तब्य कबिता गुरुङ्गले गर्नु भएको थियो भने संचालन आरती विश्वकर्माले गरेका थिए ।