Friday, January 8, 2021

बर्तमान अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टीको आबश्य्कता बारे प्रशिक्षण


स्याङ्जा । राष्ट्रिय जनमुत्ति पार्टी स्याङजाको अायोजनामा हरिनास गाउपालीका स्तरिय बर्तमान अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टीको आबश्य्कता बारे प्रशिक्षण कार्यक्रम सम्पन्न । राष्ट्रिय जनमुक्ति पार्टी हरिनास गाउँपालिका अध्य्यक्ष दल बहादुर थापा मगर को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी संघिय परिषदका उपाध्यक्ष दल बहादुर विरकट्टा, विशिष्ट अतिथि  गण्डकी प्रदेसका अध्यक्ष मनधरि अाले, अतिथिहरु नेविमोका अध्यक्ष पुर्ण वहादुर राना, स्याङजा जिल्ला अध्यक्ष वम लामीछाने लगायत स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । 

बर्तमान अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टीको आबश्य्कता बारे प्रशिक्षण कार्यक्रममा संघीय परिषद उपाध्यक्ष बिरकट्टामगरले आर्थिक, सामाजिक र राजनीतिक बिषयकमा प्रस्ट बिचार  सहित प्रशिक्षण दिएका थिए । राष्ट्रिय जनमुक्ति पार्टीले स्थापना काल देखी नै उठाएको मुद्धा जातिय जनसंख्याको आधारमा समानुपातीक प्रतिनिधित्व नेपाल जस्तो बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा अपिर्हार्य रहेको र यही सिद्धान्तबाट नै सबै जाती समुदायले आफ्नो अधिकार अपोनत्व गर्ने बताए। एउटै समुदायको मात्रै बर्च्वस्व रहेको हुँदा जघन्य अपराध र भ्रष्‍टाचार मौल्याएको छ । उत्पिडिन जाती समुदाय र बर्गको मुक्तिको लागि जनमुक्ति बिचार धारा एक मात्र बिकल्प हो । जनमुक्तिको सिद्धान्तालाई तोड्मोड गरेर केही दलहरुले सत्ता हत्त्याए तर तिनी असफल तिर जादैछन । संघीयताको मर्म र भावनानै नबुझ्नेको हातमा सत्ता भएकोले बर्तमान सरकार असफल भएको छ ।


बर्तमान राजनीतिक परिघटनालाई स्मरण गर्दै संसद विघटनको  यो मुद्धा अदालती कारवाहीको प्रक्रियामा छ। ढीलो चाँडो त्यहाबाट एउटा निर्णय त आउने नै छ, जुन निर्णयले कोही ज़ित्ने अनि कोही हार्ने पक्कै हुनेछ। तर यथार्थ के हो भने, जुनसुकै पक्षको हार-जीत भएतापनि त्यसले खासै अर्थ राख्ने छैन। किनकी, झंडै दुईतिहाईको बहुमत प्राप्त गरेको सत्ताधारी दल नेकपामा औपचारिक विभाजनको रेखा कोरीईसकेको छ। अर्थात् समृद्धि र स्थिरताको नारामा बिस्वास गरी जनादेश दिएका सार्वभौम जनताको -समृद्धि सपना,ध्वष्त भईसकेको छ। प्राप्त सुविधाजनक जनादेशमाथि कुठाराघात गर्दै आपसी कलह र द्वन्द्वका आवरणमा चालिएकाे याे कदमले देशलाई पुन: अस्थिरता तर्फ धकेल्ने निश्चित छ । याे घट्नाले देशकाे राजनीतिमा थप जटीलता सृजना गर्नुका साथै हाल सम्म प्राप्त उपलब्धीहरूकाे स्थायित्वमा समेत चूनाैति खडा गरेकाे छ । यसलाई जनस्तर/सडकबाट खबरदारीका लागि पार्टीले "विराेध तथा खबरदारीसभा" आयाेजना गर्नेछ । अब ठुला दलको चक्रब्युहु नपरी आफ्नो पहिचान र अस्तित्वको लागि एक ढिक्का हुन सो प्रशिक्षणले उत्प्रेणा दिनेछ नेता बिरकट्टाले प्रशिक्षार्थिलाई झकझकाए ।       

सागठनिक अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा हरिनास गाउँपालिका, समिति अध्यक्ष दल बहादुर थापाको सभापतित्व रहेको थियो भने स्वागत मन्तब्य पालिकाका नेता वावुराम थापा गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव भुवन थापाले गर्नु भएको थियो । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...