झापा । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिब तथा संचारकर्मी अविन मेन्याङ्गबोलाई मातृशोक परेको छ । स्व. पदम कुमारी बेघाको २०७७ मंसिर १ गते भाईटिका (बलिहाङ्ग तिहार) को दिन निधन भएको छ । प्रदेश नं. १ को झापा जिल्ला स्थित दमक नगरपालिका ५ निवासी राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिब अविन मेन्याङ्गबोको ममतामयी आमा स्व. बेघा बिगत केही समय यता मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । पछिल्लो समय मंसिर १ गते स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भैई धरान स्थित बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको तथापि बिरामिलाई तत्काल आईसियु बेड चाहिएको हुदा बिराटनगर लैजादै गर्दा राती १० बजेर ३० मिनेट जादा निधन हुनु भएको थियो । पारिवारिक सुत्रबाट प्राप्त जानकारी अनुरुप उहाको पार्थिक शरीरलाई मंसिर २ गते बिहान ११ बजे दमक १ स्थित अदन बगैचामा मृत्यु संस्कार गरिने पारीवारीक स्रोतले जनाएका छन ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment