Monday, October 5, 2020

प्रदेश ५ नामाङ्कन (लुम्बिनी-थरुहट-मगरात) घोषणा गर : जनमुक्ति (फोटो फिचर सहित)


बुटवल । प्रदेश ५ को स्थायी राजधानी तथा नामाकरण सम्बन्धि प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सम्बन्धमा राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नम्बर ५ (लुथम) ले बिरोध तथा खबरदारी सभा बुटवल को लखन चौराह पर्दर्शन गरेको छ। सो पार्टी का केन्द्रिय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर ले प्रदेश ५ को भौगोलिक सीमांकन अहिलेकै स्वरुपमा कायम रहने अवस्थामा यो प्रदेशको नाम ‘लुम्बिनी थरुहट मगरात’ नै हुनुपर्दछ भन्ने माग राख्नु भएको छ। प्रदेशको नामांङ्कन र राजधानीको विषयमा सत्तारूढ पार्टी (नेकपा) को शीर्ष नेतृत्व द्वारा प्रदेश सरकार र सभालाई पार्टी व्हिप जारी गरी नियन्त्रण गर्न खोजिनु संबिधान र संघीयताको मर्म माथि गम्भीर प्रहार भएको आरोप लगाए ।

जनमुक्तिले एक्लै बौद्धिक बिरोध तथा खबरदारी सभा गरिरहदा बलियो प्रतिपक्ष काङ्रेसले पहिचानको 'प' पनि संबोधन नगर्नु र पहिचानबादी हुँ भन्ने जसपा सडकमा नउठनु दालमे कुछ काला है ! हामीलाई शंका छ् । बक्ताहरुले प्रतिपक्ष संग पनि आक्रोश पोखे । बन्दहडताल, तोडफोड आगजनी गरेर पहिचान स्थापित हुन सक्दैन । पहिचान स्थापित गर्न राजनीतिक स्पस्ट दस्तावेज चाहिन्छ । दस्तावेज बिना उफ्रेर पहिचानको आधारमा नामाकरण बन्न सक्दैन । जनमुक्तिलाई साथ दिनुहोस् हामी स्थापित गर्छौ पहिचान । जनमुक्ति संग छ पहिचान सहित संघियताको स्पस्ट खाका । नक्कली पहिचानबादी र नक्कली राष्ट्र बादी हरु संग सावधान रहन बक्ताहरुले अनुरोध गरे । 


बिरोध तथा खबरदारी सभालाई संबोधन गर्न मगर महासंघ, नेपालका अध्यक्ष छत्र दर्लामी, नेपाल मगर संघ प्रदेश ५ उपाध्यक्ष धनी आले मगर, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला अध्यक्ष प्रेम थापा, जनमुक्ति युवा महासंघ प्रदेश अध्यक्ष डिबि थापा, बुटवल नगरसमिति अध्यक्ष थर्क बाररघरे, राष्ट्रिय थारु मंचका संयोजक रेखाप्रसाद चैधरी ले कडा बिरोध जनाए। राष्ट्रिय जनमुक्ति पार्टीले प्रस्ताव गरेको (लुम्बिनी-थरुहट-मगरात) पहिचान को आधार नामाकरण गरिनु पर्ने बक्ताहरुको अडान रहेको थियो। अध्यक्ष झम बहादुर गुरुङ्ग को सभाध्यक्ष मा सम्पन्न कार्यक्रम संचालन प्रदेश सहसचिब चित्र प्रसाद गुरुङ्गले गरेका थिए ।



 




No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...