(राजापानीमा डिपिआर तयार गरेका केही तस्विरहरुः
कमल चौधरी २३ असार, कपिलबस्तु । कपिलबस्तु जिल्लाको प्रर्यटकीय स्थल राजापानीमा अत्यधुनीक प्राविधि बाट थारु संग्राहलय बन्ने भएको छ । बाणगंगा नगरपालिका वडा ३ को राजापानीमा थारु समुदायको कला, संस्कृति झल्कने संग्रहालय निर्माण गर्न लागेको हो ।
बाणगंगा नगरपालिकाले ५ लाखको लागनीमा संग्रहालय निर्माणका लागि डिपिआर बनाउने कार्य सुरु गरेको थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमशंकर चौधरीले बताए । जिल्ला अध्यक्ष चौधरीले पछिल्लो समय थारु समुदायको भेष, भुषा, धर्म संस्कृतिहरु लोप हुने संघरमा पुगेको अवस्थामा राजापानीमा बन्न लागेको थारु संग्रहालयले यस क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने बताउँछन् ।
त्यस्तै बाणगंगा नरपालिका प्रमुख मंगल प्रसाद थारुले थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको बताए ।
उनले भने –‘संग्रहालयमा थारू कला संस्कृति झल्किने भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्रीहरु हुन्छ । संग्राहलय निर्माणका लागि डिपिआर बनाउन परामर्शदाता कम्पनी छनोट भइसकेको छ ।’ डिपिआर बनाउन पाठ फाइन्डर्स सर्भिस प्रालिले संग्राहलय निर्माणका लागि डिपिआर बनाउन सुरु गरेको नगरपालिका प्रमुख चौधरी बताउँनछन् ।
त्यस्तै थारु समुदायको उच्च बाहुल्य बाणगंगा नगरपालिकामा सुविधा सम्पन्न थारु संग्राहलय निर्माण हुनु धेरै राम्रो कार्य भएको राजापानी समुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीको भनाई रहेको छ । उनले सवै जाति समुदायको पहिचान झल्कीने संग्रहलयले कपिलबस्तु जिल्लाको आर्थिक तथा पर्यटकीय विकास गर्न सजिलो हुने बताउँछन् ।
करिब १ विघ ८ कठ्ठ क्षेत्रफलमा निर्माण हुने संग्रहलयबाट स्थानिय समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुने थारु अगुवा महदेव थारु बताउँछन् । उनले थारु संग्रहलय निर्माणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्थानिय समुदायको आयअर्जान गर्न सजिले हुनुको साथै गाउँघरमा आदिवासी जनजाति समुदायको ‘होम–स्टे’ समेत संचालन गर्न सकिने बताउँछन् ।
राजापानीमा डिपिआर बनाउन सुरु गरको संग्रहालयमा थारू कला संस्कृति झल्किने चित्र, मूर्ति, नक्सा, थारु भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्कने चित्रले संग्राहलयका भित्तामा सजाइनेछ । साथै थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्कने चित्रले संग्राहलयका भित्तामा सजाईनुको साथै थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता घर, थारू समुदायका पुराना गहना र कपडा संकलन गरेर राखिनेछ । नयाँनयाँ प्रविधिको विकास सँगै लोप हँुदै जान थालेका पुराना लोक संस्कृतिहरू नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नका लागि थारु संग्राहलय स्थापनाको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ । (राजापानीमा डिपिआर तयार गरेका केही तस्विरहरुः–)
No comments:
Post a Comment