Tuesday, July 7, 2020

पूर्वसैनिक संगठनको सहयोग र अन्तरक्रिया

सघीय संबाददाता । 
रुपन्देही । कोरोनो भाईरस कोभिड्-१९ को महामारी विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका जनसंगठनहरूले पनि विभिन्न कार्यक्रम संचालन ग़रिरहेका छन।
यसैक्रममा पार्टीको पूर्वसैनिक संगठनको रुपमा क्रियाशील राष्ट्रिय पूर्वसैनिक संगठन, केन्द्रीय समितिको तर्फ़बाट असार २२ गते कपिलबस्तुको बाणगंगा अस्पताल र रूपन्देहीको शुद्धोधन गाऊँपालिका स्वास्थ चौकीलाई गुणस्तरीय पीपीई सहितको स्वस्थ सामग्री हस्तान्तरण ग़रिएको छ।
संगठनका केन्द्रीय अदक्ष्य क्या. भीम बहादुर राना सहितको टोलीले बाणगंगा अस्पतालका चिकित्सक रंजिता महतोलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। शुद्धोधन स्वस्थ चौकीका लागि प्रतिनिधि दिनेश त्रिपाठीलाई हस्तान्तरण गरिएको संगठनका प्रदेश ५ (लुथम) अदक्ष्य क्या. बल बहादुर थापाले जानकारी गराउनु भयो।
  यसै बीच, असार २३ गते पूर्व सैनिक संगठनको, प्रदेश ५ समितिको आयोजनामा बुटवलमा समसामयिक विषयमा छलफल तथा अन्तरकृया  कार्यक्रम सम्पन्न भएको गरेको छ । संगठनका प्रदेश अदक्ष्य क्या. बलबहादुर थापाको अदक्ष्यतामा सम्पन्न कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशी, उपमहासचिव टोप अस्लामी, पूर्वसैनिक संगठनका केन्द्रीय अदक्ष्य क्या. भीमबहादुर रानाले विभिन्न विषयमा पार्टी तथा संगठनको अवधारणा र कार्यनीति विषयमा प्रकाश पार्नू भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...