Tuesday, July 14, 2020

गुरुङ परिवारलाई राईजिङ्ग क्लबको सहयोग


भैरहवा-३० असार ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत एक विपन्न बिरामीलाई राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले सहयोग गरेको छ ।

निमोनिया, डेंगु र पेन्सीटोप्नीया रोगबाट ग्रसित भइ उपचार गराइरहेका सिद्धार्थनगर नगरपालिका वडा नं. १२ निवासी २२ वर्षीय आशिष गुरुङलाई क्लबले सहयोग गरेको हो ।

विगत १० दिनदेखि मेडिकल कलेजको आइसियुमा र केही दिनदेखि भेन्टिलेटरमा राखी उपचार गराइरहेका आशिष गुरुङका बुवा ओम गुरुङलाई ६ हजार ५ सय १५ रुपैयाँ उपलब्ध गराइएको क्लबका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारका क्लबले गरेको सहयोग पर्याप्त नभएतापनि केही मात्रामा उनलाई सहयोग पुग्ने ध्येयले सहयोग गरिएको अध्यक्ष न्यौपानेले बताए ।
मेडिकल कलेजका प्रशासन संयोजक तेज कुमार के. सी. द्वारा प्राप्त जानकारी अनुसार उपचाररत गुरुङको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।

गुरुङ परिवारलाई अस्पतालमै पुगेर मंगलबार सहयोग रकम हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष गणेश पोखरेलले बताए । उनले आर्थिक अवस्था नाजुक भएको गुरुङ तथा उनका परिवारलाई अन्य सहयोगी संघसंस्था तथा स्थानीय निकायहरुको सहयोगको खाँचो रहेको कुरामा उपाध्यक्ष पोखरेलले जोड दिए ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...