Friday, June 12, 2020

लिम्बु विद्यार्थी मञ्चको गम्भीर ध्यानाकर्षण

प्रेस विज्ञप्ती
      लिम्बुवानको पान्थर जिल्ला कुम्मायक गाउँपालिका वडा नं. ४ साविक रानीगाउँमा गाविस वडा नं. ६ स्थित मदन भण्डारी स्मृति पार्क निर्माण गर्ने नाउमा सम्बाहाम्फे लिम्बुहरुको र तेह्रथुम जिल्ला फेदाप गा.पा. वडा नं. १ साविक सिम्ले गा.वि.स. वडा नं. ५ औंसीबजार स्थित हेलीप्याड निर्माण गर्ने नाउमा निङलेकु र पंयाङ्गु लिम्बुहरुको समाधि स्थललाई नष्ट पार्ने कार्य भईरहेको प्रति लिम्बु विद्यार्थी मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको संविधान २०७२ ले प्रदान गरेको भाषा तथा सस्कृतिक संरक्षण सम्बन्धि मौलिक हक विरुद्ध सरकार आफै सहभागी हुनु दुःखद र अत्यन्तै भत्र्सना योग्य कार्य भएको लिवि मञ्चको ठहर छ । यस किसिमको कार्यहरुलाई तत्काल रोकी स्थानिय वासी तथा सरोकारवला संघ सस्थाहरुको सहभागिता र सहमतिमा आवस्यक क्षतिपुर्ति र उप्रान्त यस्तो कार्य नदोहा¥याउने सर्तनामा सहित विवादलाई समाधान गर्न सम्वन्धित पक्षहरुसग जोडदार माग गर्दछौं ।
नोटः– सरकारले लिम्बुहरुको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सास्कृतिक  स्थलहरुलाई विभिन्न बहानामा नष्ट पार्ने कार्यलाई तिब्रता दिएको र त्यस प्रकारको कार्ययोजनाहरु घटिसकेकोे वा घटिरहेको अवस्थामा मात्र जानकार हुन सकिएकोले त्यस प्रकारको धूर्त र छटेलपुर्ण कार्यहरु प्रति कडा निग्रानी राखी तत्काल प्रतिकारको स्थिति सृजना गर्न विशेष गरेर लिम्बु युवा विद्यार्थीहरुमा अपिल गर्दछौं ।
मिति २०७७÷०२÷३०
                                                        .......................                               
                                                        गुल्सन आङबुहाङ                                       
                                                           महासचिव

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...