भैरहवा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण नेपालमा साढे दुई महिना अघिदेखि गरिएको लकडाउनको समयावधि थपिँदै जाँदा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने परिवार अहिले ठुलो समस्यामा परेका छन् ।
स्थानीय निकायहरुले अति विपन्न तथा गरिखाने परिवारहरुलाई लक्षित गरी वितरण गरिएको राहत पनि लकडाउनको समयावधि थप हुँदै जाँदा अब केकसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
विगतका दिनहरु भन्दा सरकारले लकडाउन अलि खुकुलो गरेतापनि दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने परिवारहरुको अवस्था पहिलेझैं समान्य हुन समय लाग्छ ।
महामारीको बखत सरकारलाई सबै संघसंस्थाले सक्दो सहयोग गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै स्थानीय निकायहरुले वितरण गरेको राहतसंगै विभिन्न संघसंस्थाहरुले पनि राहत वितरण गरेका छन् । ती संस्थाहरुमध्ये राईजिङ्ग क्लब नेपाल पनि एक हो ।
स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले लकडाउन पालना गर्ने क्रममा समस्यामा परेका ३५ विपन्न परिवारलाई राहत वितरण गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए ।
क्लबले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ र १२ का अति विपन्न परिवारलाई ५ किलो चामल, २ किलो दाल, १ प्याकेट नुन र १ प्याकेट तेल वितरण गरेको क्लबका उपाध्यक्ष गणेश पोखरेलले जानकारी दिए । क्लबले गरेको राहत वितरणमा युवा व्यवसायीद्वय धिरेन्द्र बरई र प्रिंयक जैनको महत्वपूर्ण सहयोग रहेको क्लबका कोषाध्यक्ष आषिश पन्तले बताए ।
सामाजिक उत्तरदायित्वका कार्यहरुमा क्रियाशील रहेको उक्त क्लबले यस अघि सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेको सल्लाहकार सरोज ठकुरीले बताए ।
No comments:
Post a Comment