Tuesday, May 12, 2020

लिपुलेक बिषयकमा झापामा बिद्यार्थीको गर्जन

झापा । भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको विरोधमा झापा दमकमका विद्यार्थीहरुले आज भारतिय अतिक्रमणको विरुद्धमा प्रर्दशन गरेका छन् । दमक बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थीहरुले आज दमकको क्याम्पस मोडमा भारतिय विस्तारवाद विरुद्ध नारा लगाउदैँ प्रर्दशन गरेका हुन् ।
दमक क्याम्पसका विद्यार्थी संठनका प्रतिनिधीहरुमात्र सहभागी भएको प्रर्दशन दमक क्याम्पस देखी सुरु भएर क्याम्पसमोड चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो । उक्त कोणसभालाई अनेरास्ववियूका नेता निशेष राईले संञ्चालन गरेका थिए भने कोणसभामा अनेरास्ववियूका तर्फबाट कविन्द्र पौड्लले मन्तव्य राखेका थिए, उनले मन्तव्य राख्ने क्रममा लिपुलेक,कालापानीको लागि सारा नेपाली एक जुट भएर लड्नु पर्ने बताए।

अर्का बक्ता नेपाल विद्यार्थी संघका तर्फबाट अतित राईले यो सरकार के हेरेर बसिरहेको छ?कि यो सरकारले नै आफ्नै मिले मत्तोमा सिमा बेचेको छ हो भनेर प्रश्न तेर्साएका थिए।

आफ्नो कुरा राख्ने क्रममा समाजवादी विद्यार्थी संगठनका तर्फबाट सुनिल हताचोले लिम्पियाधुरा,लिपुलेक,कालापानी हिजो पनि हाम्रै थियो र भोलि पनि हाम्रै रहनेछ।यसमा दुई मत नरहेको कुरा बताए। उनले थपदै भने दमकमा लकडाउन खुलेको महशुस हुने गरी साधनहरु चलिरहदा स्थानीय सरकार किन मौन छ भनेर पनि प्रश्न गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका तर्फबाट सुनिल धिमालले कुरा राखने क्रममा राष्ट्र र राष्ट्रियताको लागि सबै एक जुट भइ लड्नु पर्ने बताए भने आदिवासी जनजाती विद्यार्थी महासंघका तर्फबाट संजय ईङ्नामले पनि मन्तव्य राखेका थिए ।उनले मन्तव्य राख्ने क्रममा सायद आज देशको सत्ता आदिबासी  जनजातिको हात भए सायद यो दिन नआउने थियो।यो देशको बाहुन शासकहरुलाइ देशको माया नरहेको बताए।

त्यसैगरी कार्यक्रममा स्ववियू दमक क्याम्पसका कार्यवाहक सभापति रोषन भण्डारीको समेत सहभागिता रहेको थियो । कोणसभामा कार्यवाहक सभापति भण्डारीले पनि मन्तव्य रोखका थिए ।उनले मन्तब्य राख्ने क्रममा यदि सरकारले अब पनि कुनै पहल नगरे हामी विद्यार्थीहरु चुप नबस्ने कुरा बताए 

प्रर्दशनमा विद्यार्थीहरुले भारतिय विस्तारवाद मुर्दावाद,नालयक सरकार मुर्दाबाद, लिपुलेक–कालापानी हाम्रो हो, पुर्खा लडे नालापानी हामी लड्छौ कालापानी,सिमाना मिचिएको हैन बेचिएको हो, सम्पुर्ण विद्यार्थी संगठन एक होऔँ लगायतका नाराहरु लगाएका थिए ।

नेपालको सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा भारत सरकारले एकल ढंङ्गबाट सडक निर्माण गरेपछि अहिले देशभरी विरोध प्रर्दशन भईरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...