काठमाण्डौ । राष्ट्रिय जनमुक्ति पार्टीले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको ३७२ वर्ग किमी भूमि भारतले अतिक्रमण गरेको विषयमा चालु संसदको अधिवेशनमा गम्भीरताका साथ छलफल गरी उपयुक्त निकासका लागि सरकारसंग माग गरेको छ ।
भारत सरकारले लिपुलेक क्षेत्रमा एक पक्षीय ढङ्गबाट सडक निर्माण गरी हिजो मिति २०७७ बैशाख २६ गते (मे ८, २०२०) मा यातायात सुचारु गर्न खोजेको घट्नालाई नेपाली सार्वसत्तामाथिको ठाडो हस्तक्षेप र चूनौति भएको पार्टीले ठहर गरेको छ । आज बैशाख २७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले सिमा क्षेत्रमा एकपक्षीय ढङ्गले गरेको ठाडो हस्तक्षेप प्रति सरकार बेखबर रहनु राष्ट्रिय लज्जा र घोर निन्दाको विषय भएको बताएको छ । सिमा समस्या सम्बन्धमा दीर्घकालिन समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट नेपाली जनता, राजनीतिक दलहरुका साथै पार्टी सिमाविदहरुले जोडदार माग गरेको महासचिव केशव सूर्यवंशीद्वारा जारी प्रेष विज्ञप्तिमा बताईएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...


No comments:
Post a Comment