Thursday, April 9, 2020

मगर संघ, बुटवलले राहत कोषमा आर्थिक सहयोग

बुटवल । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासलाई थप सहयोग गर्न जनस्थरबाट सामाजिक संघ संस्थाहरु कोरोना भाईरस बिरुद्ध लडन उच्च जागरुकताका साथ सहयोग तथा राहत बितरणमा खटिरहेका छन ।
यसै सन्दर्भ्मा नेपाल मगर संघ बुटवल उप-महानगर समितिले स्थानिय सरकार बुटवल उप-महानगर द्वारा आह्वान गरिएको राहत कोषमा बुटवल नगर समितिले रु.५०१५१/- (पचास् हजार एकाउन्न) रुपैयाँको चेक स्थानिय सरकारका प्रमुख शिवराज सुबेदिलाई संघका अध्यक्ष थर्क बहादुर बारघरे मगरले हस्तानतरण गरेका छन । यस् माहमारीको कारणले बुटवलउपमहानगरपालिका भित्र बसोबास गर्दै दैनिक ज्याला-मजदुरी गरेर सांझविहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै  नगर अध्यक्ष थर्क बारघरे मगरले यस् बिपतको घडीमा संघको तर्फ बाट सानो सहयोग गरेको बताए ।

साथै यस महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम को लागि सरकारले गरेको lockdown पूर्णरुपमा पालना गर्न सबै मा अनुरोध गरेकाछन । कोरोना भाईरस बाट जोगिन सबै भन्दा राम्रो उपाय नै घरमा बस्ने हो । विश्वस्वास्थ्य संगठन WHO को सल्लाह अनुसार साबुन–पानीले हात धोईराखौ  । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाकौ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब सल्लाह पनि दिएका छन । उक्त सहयोग रकम संकलनमा सहयोग गर्नु हुने नगरका वडा अध्यक्ष ज्युहरु कार्य समितिका पदाधिकारी एवम सद्स्यज्यु हरुमा हार्दिक अभार प्रकट गरेका छन भने हस्तान्तरण कार्यक्रममा उपस्थित समितिका पदाधिकारी एवम सल्लाहाकार ज्यु हरुमा समेत नगर अध्यक्ष बारघरेले हार्दिक आभार प्रकट गरेका थिए ।  



No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...