बर्दघाट । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासलाई थप सहयोग गर्न जनस्थरबाट नै स्थानिय नागरिक तथा सामाजिक अभियन्ताहरु कोरोना भाईरस बिरुद्ध लडन उच्च जागरुकताका साथ सहयोग तथा राहत बितरणमा खटिरहेका छन ।
यसै सन्दर्भमा बर्दघाट -२, चिसापानी अस्पताललाई ५ थान पिपीइ (Personal Protective Equipment) समाजसेवी डब बहादुर गर्बुजा पुनमगरले अस्पातलमा नै गएर सो सामाग्री स्थानिय जनप्रतिनिधी दया दर्लामी मगर (वडाअध्यक्ष) ज्युको उपस्थितिमा अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको छ ।
हाल नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-९ जना मनिषमा देखिएको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको नियम पालना गरौ भन्दै समाजसेवी डब गर्बुजा पुन मगरले बताए ।
साथै जनप्रतिनिधी दाँया दर्लामीले अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, किनमेल गर्दा सोसल दुरी कायम गर्न, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्ने, घर बाहिर जादा मास्क अनिवार्य लगाउने, साबुन पानी हात मिचिमिची धुने जस्ता कार्य गर्न वडाबासी लाई सुझाएको बताए । यो महामारीको बिपत घडीमा सहयोगएे बनौ । सरकारले जारी गरेको लकडाउनको सबैले पालना गरौ । सबै जना घर मा बसौ ।
No comments:
Post a Comment