Tuesday, April 7, 2020

बिपन्नहरुको चुल्हो बाल्दै समाजसेवामा नवज्योति क्लब

तिलोत्तमा, चैत्र । लकडाउनको कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. २ का ११७ परिवारलाई बिपन्न राहत वितरण गरेको अर्को दिन नवज्योति क्लबले वार्ड नम्बर १ मा समेत राहत बितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा बहालमा बसेका बिपन्न परिवारहरुलाई चामल १० के.जी.,दाल २ के.जी,तेलआधा लि.र नुन १ के.जी.राखी राहत वितरण गरिएको अध्यक्ष दिपेश कंडेलले बताउनुभयो।

तिलोत्तमा नगरपालिका तथा वडा नं.(२ का जनप्रतिनीधि दधिराम गौतम, तथा सल्लाहकार सुमन कंडेल , कार्यक्रम संयोजक इश्वरी भण्डारी, पुर्ब अध्यक्ष चन्द्रकान्त पाण्डे, सामाजिक अभियन्ता बिदुर तुफान, संचालक सागर भट्टराई लगायत क्लबका पदाधिकारी उपस्थितिमा स्थानिय टोल बिकास संस्थासंगको सहकार्यमा वार्ड नम्बर १ र २ का करिब ९१ घरधुरीमा बसोबास गर्नेहरुको विवरण टिपेर दुरी मापन गरि समयानुसार राहत वितरण गरिएको अध्यक्ष कंडेलले बताउनुभयो ।

क्लबले तिलोत्तमा वडा न.१ का बाटिका टोल बिकास संस्थाका १७ परीवार,शान्तिमार्ग टोल बिकास संस्थाका ६ परीवार,नया चप्परहट्टी टोल बिकास संस्थाका २ परीवार,नवदुर्गाटोल बिकास संस्थाका ३ परीवार,वुद्द टोल बिकास संस्थाका ९ परिवार, न्यु लाईट टोल बिकास संस्थाका २ परीवार, सरस्वति टोल बिकास संस्थाका ९ परीवार,कपिल टोल बिकास संस्थाका १० परीवार, नमुना टोल बिकास संस्थाका २ परीवार,शिव चोक टोल बिकास संस्थाका ८ परीवार, प्रगति टोल बिकास संस्थाका २ परीवार, देवि स्थान टोल बिकास संस्थाका ४ परीवार, मिलन टोल बिकास संस्थाका ३ परीवार, कालिका टोल बिकास संस्थाका ५ परीवार, अमूल्य नगर टोल बिकास संस्थाका ९परीवार गरि जम्मा ९१ परिवारलाइ राहत वितरण गरिएको हो ।सोमबार र मंगलबार गरि क्लबले २१० भन्दा बढी घरमा राहत प्रदान गरेको छ । तिलोत्तमा स्थित दुर्गादत्त माविको प्राङ्गणमा वितरण गरिएको राहत लिन समय अनुसार दुरी मापन गरि कोरोना र लकडाउनलाइ मध्यनजर गरि बाडिएको थियो । क्लबले तिलोत्तमा नगरपालिका भित्रका बिशेस गरि वार्ड नम्बर १ र २ मा समस्यामा परेका परिवार, बिद्यार्थी , मजदुर र राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारको लागि संकलित राहत पुनस् वितरण गर्ने अध्यक्ष दिपेश कंडेलले बताउनुभएको छ । उहाले यस राहत कार्यमा जुट्नुहुने सबै स्थानिय समाज, सुरक्षा निकाय , जनप्रतिनिधि, क्लबका सदस्य, सामाजिक अभियन्ता हरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको छ ।

  

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...