Tuesday, April 7, 2020

नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत

मोहन न्यौपाने,तिलोत्तमा, चैत्र। लकडाउनको कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. २ का ११७ परिवारलाई बिपन्न राहत वितरण गरीएको छ । स्थानिय नवज्योति क्लबले स्थानिय स्तरमा सहयोग स्वरुप उठाएको राहत तथा सहयोगलाई तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा बहालमा बसेका बिपन्न परिवारहरुलाई राहत वितरण गरिएको अध्यक्ष दिपेश कंडेलले बताउनुभयो।
तिलोत्तमा नगरपालिका तथा वडा नं.२ का जनप्रतिनीधि एवं टोल बिकास संस्थासंगको सहकार्यमा आफ्नो वार्ड का करिब १ सय ७७ घरधुरीमा बसोबास गर्नेहरुको विवरण टिपेर दुरू मापन गरि समयानुसार राहत वितरण गरिएको अध्यक्ष कंडेलले बताउनुभयो । राहतमा चामल १० के.जी.,दाल २ के.जी,तेलआधा लि.र नुन १ के.जी.राखी वितरण गरिएको थियो । क्लबले तिलोत्तमा वडा न.२ का त्रिशक्ति पशुपति टोल बिकास संस्थाका १६ परीवार, जागृति टोल बिकास संस्थाका १२ परीवार,संसारीमाई टोल बिकास संस्थाका ७ परीवार,सिद्देश्वर टोल बिकास संस्थाका २६ परीवार,शिवालय टोल बिकास संस्थाका १८, मध्यबिन्दु टोल बिकास संस्थाका १२ परीवार,सगरमाथा टोल बिकास संस्थाका ८ परीवार,लक्ष्मी टोल बिकास संस्था १२ परीवार,मालिका टोल बिकास संस्था ६ परीवार गरि जम्मा १सय १७ परिवारलाइ राहत वितरण गरिएको हो । तिलोत्तमा स्थित दुर्गादत्त माविको प्राङ्गण र तपाह स्थित शिवालय मन्दिरमा वितरण गरिएको राहत लिन समय अनुसार दुरी मापन गरि कोरोना र लकडाउनलाइ मध्यनजर गरि बाडिएको थियो ।

क्लबले तिलोत्तमा वार्ड १ का राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारको लागि भोलि चैत्र २५ गते बिहान ८ बजे दुर्गादत्त मावि शारदास्कुलको प्रांगणमा क्लबमा संकलित राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष दिपेश कंडेलले बताउनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...