Friday, March 13, 2020

नापी कार्यालयमा चरम भ्र्स्टाचार

बुटवल, ३० फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको नापी कार्यालयका अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीसँग १७ लाख घुस लिँदै गर्दा बुटवलले सिद्धार्थ नपा वडा १३ अशोका होटल नजिकबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख भीष्म भुसालले जानकारी दिए।

पक्राउ पर्नेमा नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याल रहेका छन्।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...