काठमडौं । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र सातदोबाटो फुटबल क्लबले जित हात पारेका छन् । ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सातदोबाटोले ब्वाईज युनियन क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । दिनको दोस्रो खेलमा आरसीटीले मध्यपुर युथ एसोसियनविरुद्ध ३–० को सहज जित दर्ता गरायो ।
दिनेश राईले पहिलो हाफको १४ मिनेटमा गरको गोलनै सातदोबाटोको जितको आधार बन्यो । राईको निर्णायक गोलसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो खेलमा अजित गुरुङको ह्याट्रिक मदतमा आरसीटीले बलियो टोली मध्यपुरविरुद्ध सहज जित प्राप्त गर्यो । अजितले खेलको सातौ, ४९ औ, र ९० औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । जितसँगै सातदोबाटो ५ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । पहिलो जित निकालेको आरसीटी भने ५ अंक सहित सातौं स्थानमा रह्यो ।

No comments:
Post a Comment