धीरज काेरी/कपिलवस्त कपिलवस्तुकाे । महाराजगन्ज नगरपालिका वडा न. १ महाराजगन्जमा १२ वेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा आएको छ । विश्वभर महामारीको रुपमा फैलिएको काेराेना भाइरसको नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण भई सञ्चालनमा आएको हो ।
अहिले भारतबाट अाएका तीन व्यक्तिलाई उक्त क्वारेन्टाइनमा राखिएकाे छ । जसमा महाराजगन्ज नगरपालिका वडा नं ६ बुटहानियाका २१ वर्षीय राम चाैधरी, गैडहवा वडा नं २ का २२ वर्षीय निरज चाैधरी र २६ वर्षीय ताैलेश्वर कुर्मी रहेका छन् । विदेशबाट आएका वा स्थानीय व्यक्तिमा काेराेना भाइरसकाे कुनै लक्षण देखिएमा नगरपालिकाले श्री जानकी माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । यस क्वारेन्टाइनमा भएका कुनै व्यक्तिमा कोरोना पोजेटिभको लक्षण देखिएमा बुटवल प्रदेशिक अस्पतालमा पठाउने व्यवस्था रहेकाे नगरपालिकाले जनाएको छ । नगरपालिकाले क्वारेन्टाइन निर्माण संगै आवश्यक अन्य सुविधाको उचित व्यवस्था गर्ने भने पनि सरसफाई शून्य रहेको छ । अहिले उक्त क्वारेन्टाइनमा स्वास्थ्यकर्मी, कार्यालय सहयोगी गरी चार जना र प्रहरीलाई पनि सुरक्षाकाे निमित्त खटाइएका छन् । आवश्यक परेकाे खण्डमा ५० वेड सम्मकाे क्वारेन्टाइन व्यवस्था गर्न सकिने काेराेना भाइरस रोकथाम समन्वय समितिका संयोजक राधेश्याम जयसवालले बताउनु भयो ।
कौनो भरोसा नाई है भाई
ReplyDeleteक्वारेन्टाइन अब जानकी मा बि मे नाई है
दुसरे जगही है ।