Saturday, December 12, 2020

लैङ्गिक हिंसा विरुद्ध दीप प्रज्जवलन गरेर प्रतिबद्धता

बुटवल । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवरमा नेपाल मगर संघ जिल्ला समन्वय परिषद, रुपन्देहीको आयोजना र नेपाल मगर संघ नगरसमिति, बुटवलको सहआयोजनामा जनजागरण र प्रतिबद्धता स्वरुप दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भयो ।


बुटवलको पुष्पलाल पार्क परिसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा, देशमा प्राय कार्यक्रम र अभियानहरु समारोही र पर्वे मोडलको हुने गर्दछ । तर कहिल्यै गुणात्मक परिवर्तन हुन सकेको पाइदैन । त्यसैले लैङ्गिक हिंसा अन्तका लागि वर्षमा १६ दिन मात्र होइन । जबसम्म नागरीकस्तरमा बोलीमा नभएर व्यावहार र बोधमा अर्थपूर्ण रुपान्तरण हुदैन, त्यस समयसम्म यसको अस्तित्व निर्मूल हुदैन । त्यसकारण अभियान १६ दिने मात्र नभई ३६५ दिन नै लैङ्गिक विरुद्ध जाग्नु, लड्नु र अग्रसर हुनु अति आवश्यक रहेको बताए । साथै मानव सभ्यताको स्तरोन्नति भइरहेको तर्क गर्दै गर्दा के नेपालीले मानव भएर नेपाली नागरीक भएर आपूmले पाउने अधिकरा पाएको छ त ? र यो भन्दै गर्दा अब नागरीक तहदेखि इमान्दार र साहसी छलफल र भूमिका आवश्यक रहेकोमा जोड दिनु भयो । 

कार्यक्रममा, नेपाल मगर संघ,रुपन्देही मातहतका नगरसमितिहरु नेपाल मगर संघ, तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगर लगायत न्यायप्रेमी नेपालीबन्धुहरुको सहभगिता थियो । सहआयोजक रहेको नेपाल मगर संघ, बुटवलका अध्यक्ष थर्क बारघरेमगरको धन्यवादसहीत अन्त भएको कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव कमल थापामगरले गर्नुभएको थियो ।


No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...