रेशम रोका मगर । यो ‘एम सि सि के हो त’ भन्ने खुल्दुली सबैतिर रहेको छ । यो एम सि सि, नेपाललाई दिने भनेको अमेरिकी सहयोग राशि वा अनुदान रकम पचास करोड डलर हो। अमेरिकाले नेपाललाई दिने यो रकम लिने की नलिने बिषय नै अबको सबैभन्दा ठूलो राष्ट्रिय मुद्दा बन्न गएको छ । पचास करोड डलरको अनुदान मार्फत नेपालको सडक निर्माण र जलविद्युत आयोजना निर्माणमा सहयोग पुर्याउन र सो उत्पादन भएको जलबिद्युतलाई भारतीय बजारमा बेच्दै भारतीय पक्षलाई समेत बिधुतमा सूबिधा दिने नाममा आएको यो एमसिसिलाई ईन्डो प्यासिफिक रणनीति कै पाटो भनेर पनि कैयन्ले भन्ने गरेका छन् ।
जसलाई यसरी बुझ्नुपर्ने हुन्छ। हिन्द प्रशान्त रणनीति र एम सि सि बिश्वको सबैभन्दा शक्तिशाली राष्ट्र भन्न रूचाउने ‘अमेरिका’ राष्ट्रको रणनीति हो। यो हिन्द प्रशान्त रणनीतिको प्रारम्भिक नाम प्यासिफिक रणनीति थियो। जसको मुख्य काम र उद्देश्य भनेकै चीनको बढ्दै गईरहेको आर्थिक शक्ति र चिनीया बिश्व आर्थिक पकडलाई रोक लगाउदै आफ्नो स्थितिलाई यथास्थानमा राखिरहनु र उसलाई प्रथम राष्ट्रिय शक्ति भएको राष्ट्र बन्न रोक लगाउनु हो।
एउटा कान्ड सेलाउन अर्को प्रपोकान्ड मच्चाउदै जेनतेन तानतुन र जोडजाम गरेर बनाएको दुईतिहाई ले पनि केहि नाप्ला जस्तो लागेन।हाम्रै देशमा डेड खरव भन्दा बढी कर उठाउन छोडेर सरकार ५५ अर्बको लागि देशलाइ बन्दकी राख्दै छ। तर एक थरी जमातहरु भन्दैछन MCC को ५० अरब रुपैयाँ नआए देश भासिन्छ। देश बिकास को लागि पहिले समस्या पत्ता लगाउनु पर्छ। हाम्रो पहिलो समस्या विद्युत अभाव नै हो । दोस्रो सडक, यातायात ।
भूपरिवेष्ठित भएकाले पनि र बनेको सडकको अवस्थाले गर्दा पनि ढुवानी असाध्यै महंगो हुनु । तेस्रो, नीतिगत निरन्तरताको अभाव । अघिल्लो सरकारको निर्णय परिवर्तन गर्ने।चौथो, श्रम समस्या । अरुण तेश्रोको मात्र अनुमानित लगानी १०४ अर्ब रहेछ माथिल्लो कर्णालिको मात्र अनुमानित लगानी ११६ अरब रहेछ।यति धेरै रकम त्यसैलाइ सदुपयोग गर्यो भने के बिकासको लागि आर्थिक कमि हुनेछ?एन सेल, वाइडबडी, चुडामणी, भ्याट छली, लगायत ठुला भ्रष्टाचारको खरबौ रुपैयाँले चाहिँ विकास हुदैन ? किन चाहियो MCC? विकासका लागि असाध्यै ठूलो पैसा जम्मा गर्ने माध्यम चारवटा छन् । यी बुदा हरुलाइ व्यबहार मा उतार्ने हो भने समृद्धि को लागि केही गर्नु पर्दैन।१- आन्तरिक राजस्व । २-परम्परागत दातृ निकाय। ३- निजी स्रोत, जसमा प्रत्यक्ष विदेशी लगानी, रेमिट्यान्स, निजी-सार्वजनिक साझेदारि। ४- अवैध पुँजी पलायन, कर छली मा रोक । अरु रास्ट्रले पनि MCC किन स्विकार गरेका छैनन। के अन्य रास्ट्र बिकास भएका छैनन् र बास्तबमा MCC नेपाल लाई भन्दा अमेरिकालाइ बढी टिकाउन चाहिएको छ।
अझ पछिल्लो समय अमेरिकाले MCC बारे स्पस्ट पार्यो भनेर प्रचार गर्दैछन। किन यतिधेरै लचकता हुदैछ नेपाल को राजनिती?चोरले कहिल्यै म चोर हु भन्छ र?सुरुमा झ्याप हेर्दा अमेरिकी सहयोग लागेपनी ,त्यो सहयोगले निकट भविस्यमै देश सिरिया बन्ने सुनिश्चित छ।MCC बिधेक संसद बाट पास भएमा हाम्रो देश अमेरिकी कित्तामा उभिने छ। किन कि दस्तावेज मा स्थान नै तोकेको छ।जहाँ चितवन, पाल्पा र मुस्ताङ मा अमेरिकी सेनाहरु नेपालमा आफ्नो क्याम बनाएर बस्नेछन ।भबिस्यमा अमेरिकाको चिनलाइ घेर्ने रणनिती होला या भारत को साथ पाउन कारण जे भए पनि यो अयोग्य रिति लाई रोक्नु पर्छ।संसदमा MCC पास भए चीन चुप लागेर पक्कै बस्ने छैन। चिनले आफ्नो रक्षाको लागि कुटनैतिक पहल पक्कै गर्नेछ,फलस्वरूप नेपाल शक्ति राष्ट्रहरुको युद्ध स्थल बन्नेछ। आर्थिक विकासको माध्यमबाट गरिबी न्यूनीकरण गर्ने MCCको मुख्य उद्देश रहेता पनि छिमेकी देश चाइनालाई ब्यापारिक सम्झौतामा बाधक बनाउदै तिब्बत सम्म घुस्ने रणनीतिक भएको हुँदा तेस्रो बिश्व युद्ध चाइना र अमेरिकीकाको हुनेछ । अमेरिका र चिनको तेस्रो बिश्वयुद्ध हुँदा भारतको आसाम र नेपालको चाइना सिमा क्षेत्रमा अमेरिकी सैनिक र भारतीय सैनिक तैनाथ गर्नेछ । किन भने चाइनालाई अरू देशको सिमानाबाट आक्रमण गर्ने कठिन यात्रा र लामो दुरि पर्ने भएको हुँदा इराक सँग युद्ध लड्दा कुवेत मा PWCकम्पनी राखे जस्तै राख्नेछ । यदि चीन सँग युद्ध भयो भने नेपालको भुमी युद्धको रणभुमी झै हुनेछन । त्यसकारण पनिMCC बिल संसदबाट पास गर्नुहुदैन मात्रै होइन संसदमा पेस नै गर्नु हुदैन भन्ने मेरो र आम जनता को मत हो।
पद भागवण्डा खोसखास मै पाँच वर्षे जोवन खेर फाल्दैछ ! बहूलवाद, बहुदलीय ब्यवस्था, संसदीय ब्यवस्था, शासकीय ब्यवस्था सबै अरु कै राजनीति लाईन नै हुने भए पछि दुइतिहाइ कम्युनिस्ट काग्रेस हुम् किन भन्नु पर्यो ? तिम्रा पछि पछि लाग्ने हनुमान र दासहरु छन्, उनीहरुलाई नेपाली नागरिकको दर्जा दिन सकिएन। साम्राज्यवाद र विस्तारवादका दलाल पेशा र शक्तिको प्रभावमा परेर MCC पास गर्ने तिम्रा योजना घातक छ । देश अझ बढी संकटतिर धकिलिएको छ।त्यसैले तेरो पार्टी र मेरो पार्टी नभनी पैसा पाए आफ्नी आमा को अस्मिता बेच्न तयार हुने रास्ट्रघाती हरु बिरुद्ध देसभक्त जनता धुर्बिकरण हुन जरुरी छ।

No comments:
Post a Comment