तनहुँ । राष्ट्रिय जनमुक्ति पार्टी रिसिङ गाउँपालिका समितिकाे अायाेजनामा एक दिने प्रशिक्षण कार्यक्रम समितिका काेषाध्यक्ष साेम बहादुर ढेङ्गाकाे अध्यक्षतामा र नेपाल विद्यार्थी माेर्चा केन्द्रीय समितिका अध्यक्ष पूर्ण बहादुर रानाकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रमले विवेक ठाडाकाे नेतृत्वमा २३ सदस्यीय जनमुक्ति युवा महासंघ रिसिङ गाउँपालिका समिति गठन गरेकाे छ । कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समन्वय समितिका सदस्य शेर बहादुर वन्टाङ्ग्या र जनमुक्ति महासंघ तनहुँ जिल्ला समितिका सचिव सुनिल थापाकाे उपस्थिति रहेकाे थियाे । नव गठित समितिलाई प्रमुखअतिथी रानाले पार्टी बिधान अनुसार शपथ ग्रहण गराई बधाई तथा शुभकामना दिएका थिए। सोअबसरमा नव अध्यक्ष बिबेक ठाडाले पार्टीको जनमुक्ति बिचर-धारालाई आत्मसात गरी युवाहरुलाई अझै बढी सशक्त बनाई अघी बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए । ठाडाले नेपालमा जटिल र विकराल समस्याको रूपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने "राष्ट्रिय ईच्छा शक्ति" नभई समृद्ध नेपालको निर्माण हुँदैन भन्ने सत्य घाम जतिकै छर्लङ्ग छ, यस्तो परिस्थितिमा सबैले भ्रष्टाचार विरूद्ध युवाहरु उठ्नु जरुरी छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले "भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान" सञ्चालन गर्ने राष्ट्रिय संकल्प लिएको छ । यो अभियानले युवाहरुलाई आक्रसित गरेको छ । पार्टीलाई बैकल्पिक शक्ति बनाउन ॠषिङ्ग गाउँपालिका को जनमुक्ति युवा महासंघले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष ठाडाले बताए । कोरोनाको कहर बिच सुसम्पन्न कार्यक्रम सञ्चालन समितिका सचिव कुल बहादुर पाटाले गरेका थिए ।
१. अध्यक्ष: विवेक ठाडा
२. उपाध्यक्ष: सुनिल परियार
३. सचिव: प्रदिप वन्टाङ्ग्या
४. काेषाध्यक्ष: मनाेज सिंजालि
५. सह-सचिव: लक्ष्मण नेपाली
६. सदस्य: तिलक वन्टाङग्या
७. " : विष्णु सिंजालि
८. " : मन बहादुर थापा
९. " : बुद्ध बहादुर राना
१०. " : सुजन परियार
११. " : मीन बहादुर थापा
१२. " : अमृत थापा
१४. " : कृष्णबहादुर ठाडा
१५. " : सन्ताेष सिंजालि
१७. " : सन्दिप थापा
१८. " : उज्ज्वल पाटा
१९. " : हुमकार थापा
२०. " : सुगम लुङ्गेलि
२१. " : सन्त बहादुर थापा
२२. " : याम बहादुर थापा
२३. " : रेख बहादुर राना
No comments:
Post a Comment