संघीय एक्सप्रेस । नेपाली कम्युनिस्ट आन्दोलनका प्रेरणदायी व्यक्ति मदन भण्डारीको जन्म २००९ असार १४ गते शुक्रबार ताप्लेजुङ, ढुंगेसाँघु गाविस ८ ठोट्नेमा भएको थियो। २०२८ सालमा पुष्पलाल समूहको नेपाली जनवादी

क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्यबाट राजनीतिक यात्रा आरम्भ गरेका भण्डारी नेकपा मालेको चौथो महाधिवेशन बाट महासचिव हुँदै नेकपा एमालेको प्रवक्ता र २०४९ मा पाँचौं महाधिवेशनबाट पुनः एमालेको महासचिवमा भएका थिए, २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं। १ बाट निर्वाचित मदन भण्डारीको नेपाली राजनीतिक क्षेत्रमा अहिले पनि गहिरो प्रभाव छ।
नेपाली समाजको वस्तुस्थिति विश्लेषण र पहिचान गर्दै विश्वको राजनैतिक परिवेश बुझ्न सक्ने र सबैलाई मिलाएर अगाडि बढ्ने विशिष्ट क्षमता रहेको प्रेरणदायी व्यक्ति मदन भण्डारीको पोखराबाट चितवन जाँदै गरेको एउटा जीप नारायणघाट मुग्लिन सडक खण्डको दासढुंगाबाट त्रिशूली नदीमा खस्यो। सहयात्री जीवराज आश्रित संगै रहेका भण्डारी २०५० साल जेठ ३ गते साँझ त्रिशूलीमा खसी रहस्यमय निधन भयो ।
तत्कालीन नेकपा एमालेले आफ्नो सरकार आएपछि यो घटनाको छानबीन गर्ने उद्घोष ग¥यो तर अहिलेसम्म एमाले पटकपटक सरकारको नेतृत्वमा पुग्यो, अहिले एमाले र माओवादी केन्द्र पार्टीबीच एकता भई स्थिर सरकार भएका बेला पनि यो रहस्यमय घटनाबारे छानबीन हुन सकेको छैन। मदन भण्डारीकी धर्मपत्नी जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्लीअर्पण गर्दछु।
अहिले दोस्रो पटक राष्ट्रप्रमुख बनेकी छन् तर अझै यो घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन। मदन भण्डारीका नाममा अध्ययन केन्द्र, फाउन्डेसन, कलेज लगायत विभिन्न संस्था खुलेका छन्। उनकै नाममा विश्वविद्यालय खुल्ने तयारी छ। तर, उनकै निधनका विषयमा भने सत्यतथ्य छानबीन हुन नसकेको यो दुर्घटना एकादेशको कथामा परिणत हुन लागेको छ।
सन्दर्भ सामाग्री नागरिक नेटवर्क् बाट । तस्बिर : सामाजिक संजाल बाट संकलित ।



No comments:
Post a Comment