मंगलपुर,रुपन्देही। राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही र जनमुक्ति युवा महासंघ प्रदेश-५ ९लुथम)को सहकार्यमा विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र बर्तमान परिस्थितीमा राजनीतिक उतारचढाब र त्यसका असरहरु बारे एक दिने कोभिड्-१९ बिरुद्ध सचेतना कार्यक्रम पार्टी भवन मंगलापुर मा सम्पन्न भयो ।
पार्टीका केन्द्रीय उपमहासचिव तथा जनमुक्ति एकेडेमीका प्रमुख टोप अस्लामीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षण अस्लामिले बिश्वब्यापीरुपमा फैलिएको महामारी कोरोना कोभिड-१९ ले विश्व आतंकित भइरह्दा नेपालमा पनि यसको असर परेको तर सरकार जनतालाई आर्थिक र स्वास्थ्य सुरक्षा दिनुपर्ने ठाँउमा उल्टो लकडाउनको मौका छोपी जनतालाई Hypnotize गरी राजनीतिक लाभ लिइरहेको आरोप लगाए। बिज्ञहरु भन्छन, नेपालमा अझै असार साउन सम्म उच्च जोखिम बाध्न सक्ने बताएका छन तर सरकारको जागरुकता कहालीलाग्दो छ । वर्तमान सरकारले थिति बिग्रिदै गएपछि गाल जोगाउने काम मात्रै गर्दैछ । राहत बितरण एक पक्षिय ढंग बाट गरिनु र स्वास्थ्य सामाग्री माथि भ्रस्टाचार हुनु नै ढिलो-चाढो गरेर मूलुकलाई महासंकट धकेल्ने बर्तमान सरकारले मज्जाले बल पुर्याईरहेको छ । हामीले भन्दै आएका थियौ यो महा संकट को घडीमा वा आपत्-बिपत को अवस्थामा सरकारले तत्काल सर्वपक्षीय बैठक आमन्त्रण गर्नु जरुरी थियो। यो संकटलाई साझा समस्याको रुपमा हेरिनु पर्छ । सामाजिक संघ संस्था तथा राजनीतिक दल हरु यो बिपत को घडीमा हातेमालो गर्न तयार छन । तर सरकार मौन बस्नु दु:खद कुरा भएको अस्लामीले बताए ।
तसर्थ अब सरकारले गर्छ भनेर बस्नु हुँदै, हामी आँफै स्वस्फुर्त सचेत र सजग हुनु जरुरी छ । विश्वस्वास्थ्य संगठन WHO को सल्लाह अनुसार हामी सचेत रहने हो तर भयभित हुने होइन । यो महामारिमा कती परोपकारी संस्थाहरु गुमनाम अवस्थामा छन । रेडक्रस जस्तो संस्था पनि भयभित र त्रसित अवस्थामा छन । तसर्थ यो विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना (कोभिड—१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यसका विरुद्ध आवस्यक सचेतना तथा हातेमालोका लागि पार्टी सम्बद्ध जनशक्ति एवं स्वयंमसेवक परिचालन हुनु पर्दछ । कोरोना भाईरस एक प्रकार को युद्धनै हो । युद्धलाई जित्ने एक मात्र अस्त्र भनेको मनोबल नै हो । यो मनोबल जनमुक्ति संग उच्च हुनु पर्दछ ।
भ्रष्टाचार नेपालको लागि महारोग हो, यस्को नियंत्रण हैन निर्मूल नै गर्ने राष्ट्रिय नीति हुनु अनिवार्य छ। यस्को लागी, भ्रष्टाचारलाई केवल आर्थिक अपराध वा नैतिक पतनको रूपमा हैन, राष्ट्रिय अपराध, देशद्रोह सरहको अपराधको रुपमा संवैधानिक रुपमैं उल्लेख गरिनु पर्दछ। राष्ट्रिय जनमुक्ति पार्टीले यो महत्वपूर्ण राजनीतिक अडान लिदै आएको छ । भ्रष्टाचारको नियत श्रोतमा पुगेर टुङ्गिने भए पनि अन्य खालका भ्रष्टचारलाई पनि संविधानमै स्पष्ट व्याख्या (राष्ट्रिय अपराध मानेर) गरेर कारवाही चलाउने व्यवस्था गरिन जरुरी छ । भ्रष्टाचारीलाई राष्ट्रिय अपराधी मान्ने व्यवस्था, भ्रष्टाचारीको सम्पूर्ण जायजेथाको राष्ट्रियकरण गरी कम्तीमा जन्मकैदको व्यवस्था हुने गरी अकाट्य बुँदाको रुपमा संविधानमै स्पष्ट व्यवस्था गरिनु पर्दछ । सरकारले यस विषयमा किन कान थुनेर बसेको छ ? अहिले सरकारमा बस्नेले यो कार्य गर्न असम्भव छैन । भ्रष्टाचार बिरुद्ध कानुनी मस्यौदा तयार पार्न सरकारलाई सकस पर्छ भने राष्ट्रिय जनमुक्ति पार्टीलाई जिम्मा देओस हामी त्यसको टेबुलिङ्ग गर्न तयार छौ । यो बिषयमा जनमुक्ति हरेक क्याडर हरु स्पस्ट हुनु जरुरी रहेको बताए ।
"समसामयिक बिषयमा अन्तर्कृया तथा प्रशिक्षण कार्यक्रम" जिल्ला अध्यक्ष प्रेम बहादुर थापाज्यूको अध्यक्षतामा रहेको थियो भने कार्यक्रमको संचालन युवा महासंघ प्रदेश-५ का सचिव इन्दु थापाले गरेका थिए।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
बुटवल । सरकारले लखन थापा मगरलाई प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान नदिएको हुंदा राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरे...
-
अामा भाषा जाेगाअाैं बाबा भाषा जाेगाअाैं बाजे भाषा जाेगाअाैं बजै भाषा जाेगाअाैं अाफ्नाे देशकाे भाषा जाेगाअाैं अाफ्नाे समुदा...
-
१. डेसान पुजा मगर भाषामा डेसान भन्नाले महामारि राेग हाे । मगर गाउँमा महामारीको रूपमा फैलिने राेग अाउँदा डेसान पुजा गर्ने चलन थियाे । राेगल...
No comments:
Post a Comment