Sunday, May 31, 2020

पत्रकारहरु कोरोना संक्रमित हुने क्रम बढेपछि थारु पत्रकार संघ नेपालले कोरोना विमा गर्ने निर्णय

 बुटवल । पत्रकारहरुमा कोरोना (कोविड–१९) संक्रमित हुने क्रम बढेपछि थारु पत्रकार संघ नेपालले एक लाख रुपियाँको कोरोना विमा गर्ने निर्णय गरेको छ । थारु पत्रकार संघ नेपालको विहिबार अनलाईन जुम बैठकमा थारु पत्रकार संघ नेपालका केन्द्रीय कमिटीका सदस्यहरुको पहिलो चरणमा एक लाख रुपिया बराबरको कोरोना विमा गर्ने निर्णय गरेको हो । 
थारु पत्रकार संघका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकारहरु लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरीको सहभागीतामा वर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा अनलाईन (जुम) बैठक सम्पन्न भएको हो । बैठकले अनलाइन भर्चुअल पत्रकारिता तालिम आयोजना गर्ने, संघको वार्षिक मुखपत्र ‘फुलरिया’ पत्रिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ । साथै एकजना थारु पत्रकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा सबै पत्रकारलाई सजग भएर समाचार संकलन गर्न सचेत समेत गराएको छ । सामाजिक र भौतिक दुरी कायम गरी सतर्कपूर्वक रिपोर्टिङ गर्न संघका सल्लाहकारहरुले अनुरोध गर्नुभयो । संक्रमित पत्रकारसहित संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
पहिलो चरणमा केन्द्रीय कार्य समितिका सदस्य र सल्लाहकारहरुको कोरोना बिमा गर्ने र त्यसका लागि केन्द्रीय अध्यक्ष सन्तोष दहित र रामचन्द्र कुश्मीलाई जिम्मेवारी दिइएको महासचिव सन्तकुमार चौधरीले जानकारी दिनुभयो । त्यस्तै, थारु पत्रकारको क्षमता अभिवृद्धिका लागि अनलाईन भर्चुअल पत्रकारिता तालिम सम्पन्न गर्न महासचिव चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
पहिलो चरणको तालिम ३ दिनको रहने, त्यसपछि आवश्यकता अनुसार तालिमको समय थप गर्न सकिने महासचिव चौधरीले बताउनुभयो । त्यसैगरी बैठकमा पत्रकारले आफ्नो जिल्लाको वस्तुगत स्थितिका बारेमा जानकारी गराउनुभएको थियो । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...