Sunday, May 24, 2020

मनकारी ब्यबसायी श्रीदेबीले गरी छिमेकिलाई खाधान्न सहयोग

पाल्पा । पाल्पाका एक जना महिला ब्यबसायीले विपन्न परिवारलाई खाधान्न बितरण गरेका छन । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले जारी
गरेको लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई
मध्यनजर गर्दै समाजसेवी तथा ब्यबसायी श्रीदेबी अस्लामी मगरले दैनिक ज्याला-मजदुरी गरेर सांझ-विहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई खाधान्न बितरण गरेका छन । 


पाल्पा-बुटवल सडक खण्ड बिच तिनाउ गाउपालिका, चैबिसमाइलमा किराना पसल गर्दै आएका ब्यबसायी श्रीदेबीले सो क्षेत्रमा बसोबास गर्दै आएका अति विपन्न परिवारलाई मानबिय धर्म सम्झी सानो सहयोग गरेको बताएका छन । लामो समय देखी जारी लकडाउनले यातायात ठप्प छन । दैनिक काम-काज बन्द छन । लकडाउनले गरी खानेहरु लाई निकै सास्ती परेको छ । सरकारले राहत बितरण गरेको छ भन्ने सुनिन्छ तर पीडितको हात राहत परेको छैन ।  यो महामारी-बिपतको घडीमा सहयोगी बनौ । सरकारले जारी गरेको लकडाउनको सबैले पालना गरौ । सबै जना घरमै बसौ, सुरुक्षित रहौ । 
 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...