३० चैत्र, कपिलबस्तु । कोराना संक्रमणका वेला तैेलिहवा स्थित रेडक्रस रक्त संकलन केन्द्र तथा रगतको संकट हुन नदिने भन्दै कपिलवस्तु जेसिजको आयोजनामा आईताबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम कपिलवस्तुु सामुदायिक अस्पतालको सहकार्यमा ४ नंम्बर स्थित कपिलबस्तु समुदायिक अस्पताल परिसरमै सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुदसंग समन्वय गरिएको कपिलवस्नु जेसिजका सदस्य तथा रक्त दान कार्यक्रमका संयोजक कमल घिमिरेले जानकारी गराए । सवै संघ संस्था तथा जेसिजका सदस्यहरु सहितले रक्तदान गर्न आएको र ५० युनिट रगत संकलन भएको कपिलवस्तु जेसिजका प्रमुख कार्यकारी सल्लाहाकार अमृत घिमिरेले जानकारी दिए । उनले देशमा संकटको समयमा सवै नगरिकले अ–आफ्नो स्थानबाट जे सकिन्छ सहयोग गर्नु पर्ने भन्दै जेसिज संस्थाले पनि मनवीय सेवामा क्रियाशिल रहेको जनकारी दिए । त्यस्तै जेसिज कपिलवस्तुका अध्यक्ष मनोज कुमार खत्री भन्छन् –“यो संस्था युवाहरुको व्यक्तिगत नेतृत्व क्षमता अभिवृद्धि गर्ने अभियानमा कृयाशिल छ । यसले सामाजिक क्षेत्रमा समेत आफ्नो योगदान गर्दै आईरहेको छ ।” कोभिड १९ को संक्रमण सगै जेसिजमा आवद्ध ४० वर्ष मुनिका युवाहरु समुदायमा कृयाशिल रहेका छन् । देशमा संकटको अवस्था रहदा जेसिज अभियानमा आवद्ध युवाहरु चुप लागेर वस्न नहुने र आ–आफ्नो स्थान वाट आवश्यक हुने सहयोग पु¥याउदै जानुपर्ने बताए । हालै, कपिलवस्तु जेसिजले घर घरमा डाक्टर अभियान संचालन गरि रहेका छन् । यस अभियान अन्र्तगत वाणगंगा नगरपालिकाका सवै वाडाहरुमा स्वस्थ्य सेवा, परामर्श उपलब्ध गराउदै आएको जेसिज महासचिव प्रविण पौडेल जानकारी गराए । “हामी युवाहरु जुन सुकै प्रकारको कठिन परिस्थितिमा सहयोगी भाव लिएर समस्या संग जुध्न तयार छौं ।” उनले बताए ।
त्यस्तै जेसिजद्धारा रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी पाएपछि रक्तदान गर्न पुगेका घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका प्रतिनिधी दिवस घिमिरेले जेसिजले धेरै राम्रो काम गरेको बताए । उलने कोरोना भाइरासले देश संकट परेको अवस्थामा जेसिज जस्तै सवै संघ–संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्न अवश्यक रहेको बताए । उनले कोही पनि कोरोना महामरीको समयमा रगतको अभावले शास्ती बेहोर्नु नपरोस्, भन्दै रक्तदान गर्ने अवसार मिलाईदिएकोमा आफु निकै खुसी भएको प्रतिक्रिया दिए । रक्तदान कार्यक्रममा कपिलवस्तु जेसिमा आवद्ध भई सामाजिक क्षेत्रमा योगदान गरेका पूर्व अध्यक्षहरु उमानाथ पौडेल, पोष्टराज गौतम, रुक वाहादुर भूसाल, गोपाल ज्ञवाली, दुर्गा अर्याल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधहरु, सामुदायिक अस्पतालका पदाधिकारीहरु उपस्थित रहेका थिए ।
No comments:
Post a Comment