Monday, April 20, 2020

पश्चिमनवलपरासीमा लकडाउनको पूर्णपालना, घरमै बसेर कोरोना बिरुद्धको युद्धमा जितौ ः प्रशासन

बुटवल, बैशाख। प्रदेश नम्बर ५ को पुर्बीनाकामा रहेको नवलपरासी ( बर्दघाट सुस्तापश्चिम ) जिल्लामा लकडाउनको अवस्था पूर्णतयापालना गरेको पाइएको छ । जिल्लाप्रशासनकार्यालय परासीले लकडाउन पालनागर्ने जिल्लाबासीहरुलाई यो भयाबहको स्थितिमा घरमै बसेर सहयोग गर्न आग्रह समेत गरेको छ । प्रशासकीयअधिकृत सागर गौतमले अत्यावश्यककाममाबाहेक अन्यकामले बाहिर ननिस्कन सबैलाइआग्रहगर्दै आफ्नै स्वास्थ्यकालागिआफै सचेत हुनुपर्ने र घरमै बसेर सबैलाई सहयोग हुने बताउनुभएको छ । 

लकडाउनलाई पूर्णरुपमापालना गराउनजिल्लाप्रशासनकार्यालय परासीले कडाई गरेको छ । लकडाउनको उल्लंघन हुननदिन सुरक्षाकर्मीको सक्रियाता समेत बढाइएको छ । जिल्लाभित्रीने र बाहिरिने नाकातथाबजारको चोकहरुमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीयलाई घर बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक र अनुमतिलिएकाबाहेकका सवारीलाई पनि सडकमा गुड्न प्रतिबन्धलगाइएको छ । अस्पताल, औषधीपसल, एम्बुलेन्स, शबबाहन, इन्धन र दूरसञ्चार बाहेकका सेवाबन्दगरिएको छ । 

तर अत्यवश्यकखाद्यन्न, दूध, तरकारी, खानापकाउने ग्याँस, फलफुललगायतकाखाद्य सामग्रीखरिदको लागि प्रसासनले तोकेको समयमाबाहेक अन्य समयमा स्थानीयलाई घर बाहिर निस्किनप्रतिबन्धलगाएको हो । अनावश्यक हिड्ने सवारी साधन र यात्रुलाई प्रहरीले रोकेर जहाँबाट आएको त्यतै फर्काइदिने गरेको छ । जारी आदेशको अवहेलनागर्ने वाकाममाबाधा पु¥याउनेलाई स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० (संशोधन सहित) दफा २ बमोजीमकारबाहीगर्ने पनिजिल्लाप्रशासनकार्यालयले सूचनाप्रकाशित गरेर चेतावनी समेत दिएको छ । परासीजिल्लामा लकडाउनको पूर्ण पालनाभएको प्रशासकीयअधिकृत गौतमले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...