Saturday, April 11, 2020

कोरोना भाईरस बिरुद्ध लड्न मगर संघ तिलोत्तमाको सहयोग

तिलोत्तमा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासलाई थप सहयोग गर्न नेपाल मगर संघ, तिलोत्तमा नगरसमितिले स्थानिय सरकार तिलोत्तमाले आह्वान् गरेको "तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा" रु.५०५५५/- पचास हजार पांच सय पच्पन्न रुपियाको चेक नगर प्रमुख बासुदेब घिमिरेलाइ हस्तांन्तरण गरेको छ।
तस्बिर : ज्ञान थापा मगर 
स्थानिय सरकारका प्रमुखलाई चेक हस्तानरण गर्दै मगर संघका अध्यक्ष प्रेम थापा मगरले यस कोरोना भाईरसको कारणले तिलोत्तमा नगरपालिका भित्र बसोबास गर्दै दैनिक ज्याला-मजदुरी गरेर सांझविहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई सरकारले जारी गरेको लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै  नगर अध्यक्ष प्रेम थापाले मगरले यस बिपतको घडीमा संघको तर्फ बाट सानो सहयोग गरेको बताए ।    

नेपाल मगर संघले तिलोत्तमाले मुलुकमा भएका हरेक किसिमको समस्या तथा आपतबिपतमा निरन्तर सहयोग गर्दै आएको छ । यो माहामारीको अवस्थामा पनि नेपाल मगर संघ तिलोत्तमाका अध्यक्ष प्रेम थापा, उपाध्यक्ष लिल माया राना, सचिब टिका राम पुन कोसाध्यक्ष कृष्ण सारु, सल्लाकार  तथा जनप्रतिनिधी भोम बुढा मगर र  छत्र बाहादुर दर्लामी मगरको सामुहिक उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको सचिब टिका राम पुन  ले बताए । साथै यस महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम को लागि सरकारले जारी गरेको लकडाउन को पूर्णरुपमा पालना गरौ, घरमा बसौ भनी अनुरोध गर्दै आम जनसमुदाहरुले बेला बेलामा साबुन–पानीले हात धोईराखौ  । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाकौ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब नेपाल मगर संघ तिलोत्तमा नगर समितिको तर्फ देखी सुझाब सल्लाह पनि दिएका छन ।

1 comment:

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...