बुटवल । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन नेपाल बैंक लिमिटेडले प्रदेश ५ सरकारबाट स्थापनाभएको प्रदेश ५ कोरोना भाइरस कन्ट्रोल एण्ड ट्रिटमेन्ट कोषमा बैंकको संस्थागत सामाजिक
उत्तरदायित्व अन्तर्गत रु. ५,००,०००/- (अक्षरेपीपाँचलाख रुपैयामात्र) आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त रकम चेक मार्फत नेपाल बैंक लिमिटेड, प्रादेशिक कार्यालय प्रदेश नं.५ का प्रमुख पासाङ दोर्जी शेर्पा द्वारा प्रदेश सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गर्नुभएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई साथ दिन नेपाल बैंक लिमिटेडले सहयोग गरेको प्रादेशिक कार्यालय प्रमुख शेर्पाले बताएका छन ।
No comments:
Post a Comment