काठमाण्डौ । विश्व भरी फैलिएको कोरोना कोभिड १९ बिरुद्ध जुध्न आदिबासी जनजाती महासंघले सिर्जनात्मक तथा रचनात्मक भूमिकाहरु निभाउनको महासंघ मातहातका सबै संघ संस्थाहरुलाई अपिल गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । यस्तो परिस्थितीमा कोरोना भाईरस बाट बच्न राज्य सरकारले गरिरहेको विभिन्न प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि विश्वभर छरिएर रहनुभएका सबै आदिवासी समुदायका संघसंगठनहरु र सम्पूर्ण नेपाली नागरिकहरुलाई आ–आफ्नो स्थानहरुबाट आफूले निर्वाह गर्न सक्ने सिर्जनात्मक तथा रचनात्मक भूमिकाहरु निभाउनको अपिल गरेको छ । साथै नेपाल सरकारलाई आफ्ना नागरिकहरुको जिवन सुरक्षाको लागि यस भाईरस विरुद्ध उच्च सतर्कता अपनाई प्रभावकारी रणनिती र कार्यक्रमको लागि कुनै पनि कसर बाँकि नराखि अत्यन्तै गम्भिरताको साथ ठोस कदमहरु चाल्न पुन हार्दिक आग्रह गर्दछौं ।
मितिः २०७६/१२/०६
अध्यक्षज्यूहरु
महासंघका सम्पूर्ण जातिय सदस्य संगठनहरु
प्रदेश, जिल्ला र स्थानिय समन्वय परिषदहरु
स्वदेश तथा विदेशस्थित सम्पूर्ण सम्वन्धन तथा शाखा संगठनहरु
विषयः सर्कुलर गरिएको सम्बन्धमा
उक्त सम्वन्धमा हाम्रो छिमेकी राष्ट्र चिनदेखि क्रमिक रुपमा विश्वभर फैलिरहेको कोरोना भाईरस(COVID-19) बाट नेपालभित्र हालसम्म कोहि पनि संक्रमित बिरामी भेटिएको प्रमाणित नभएता पनि विश्वभर यसको नकारात्मक प्रभाव बढिरहेको कारण नेपाल सरकारले हिजो चैत्र ५ गते बसेको बैठकको निर्णयपश्चात अत्यन्तै जरुरी सुचना जारी गर्दै देशवासी नागरिकहरुमा यस भाईरसको प्रभाव नहोस भन्ने हेतुले विभिन्न शैक्षिक संस्थाहरु, सरकारी तथा गैर सरकारी निकाय र संघसंस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठी, सेमिनार, सभा सम्मेलन जस्ता कार्यक्रमहरु आगमी चैत्र मसान्त सम्म बन्द गर्नका लागि सुचित गरिएकोमा उक्त निर्णयको महासंघ हार्दिक स्वागत गर्दै यस महासंघका महासंघका सम्पूर्ण जातिय सदस्य संगठनहरु, प्रदेश, जिल्ला र स्थानिय समन्वय परिषदहरु, स्वदेश तथा विदेशस्थित सम्पूर्ण सम्वन्धन तथा शाखा संगठनहरुले पनि सोहि निर्णय अनुसार गर्न गराउनको लागि हामी सचिवालय परिवार हार्दिक अनुरोध गर्दछौं ।
यस विषम परिस्थितिमा हाम्रो समुदायको विभिन्न संगठनहरु मार्फत सम्पूर्ण नागरिकहरुमा संयमित र सचेत रहन आग्रह गर्दै कोरोना भाईरस प्रति सतर्कता अपनाउन राज्य सरकारले गरिरहेको विभिन्न प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि विश्वभर छरिएर रहनुभएका सबै आदिवासी समुदायका संघसंगठनहरु र सम्पूर्ण नेपाली नागरिकहरुलाई आ–आफ्नो स्थानहरुबाट आफूले निर्वाह गर्न सक्ने सिर्जनात्मक तथा रचनात्मक भूमिकाहरु निभाउनको लागि पनि हामी हार्दिक अपिल गर्न चाहान्छौं । साथै नेपाल सरकारलाई आफ्ना नागरिकहरुको जिवन सुरक्षाको लागि यस भाईरस विरुद्ध उच्च सतर्कता अपनाई प्रभावकारी रणनिती र कार्यक्रमको लागि कुनै पनि कसर बाँकि नराखि अत्यन्तै गम्भिरताको साथ ठोस कदमहरु चाल्न पुन हार्दिक आग्रह गर्दछौं ।
.................
सुख वीर थामी
(का.वा.महासचिव)
No comments:
Post a Comment