Sunday, March 15, 2020

बर्दिबास ईकाइ समितिमा अध्यक्ष : बैजु कुमार घिसिङ्ग

महोत्तरी । राष्ट्रिय जनमुक्ती पार्टी महोत्तरी जिल्ला बर्दिबास ८ ईकाई समितिको छैठौ अधिबेशन सम्पन्न भएको छ । वडा अध्यक्ष उद्वव बुर्जाज्युको सभाध्क्षमा भएको छैठौ अधिबेशनका प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य,राम एकवाल मन्डल उपस्थिती रहेको थियो । त्यसै गरी अतिथिमा जिल्ला अध्यक्ष राजाकुमार मोक्तान , जनमुक्ति युवा महासंघ केन्द्रिय सदस्य संजय मण्डल, पुर्व अध्यक्ष प्रताप सिह आले,अञ्चल ईन्चारर्ज शम्सेर जर्घा लगायतका नेताहरुको उपस्थिती रहेको थियो । छैठौ अधिबेशन लाई संबोधन गर्दै केन्द्रिय सदस्य मण्डलले राष्ट्रिय जनमुक्ति पार्टीले उठाएको मुद्दाहरुलाई वर्तमान सरकारले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिनु भयो । 

भ्रष्टाचार देश द्रोह भएकोले कम्तीमा पनि जन्मकैदको व्यवस्था र भ्रष्टाचारीको सम्पूर्ण सम्पत्ति राज्य कोसमा दाखिला गर्ने संवैधानि व्यवस्थाका लागि आफुहरुले अभियान नै संचालन गरेर जनदवाब सृजना गर्न अब स्थानिय त्यहाँ देखी नै आवाज उठाउनु पर्ने बताउनु भयो । कार्यक्रमामा अतिथी जिल्ला अध्यक्ष राजाकुमार मोक्त्तान, जनमुक्ति युवा महासंघ केन्द्रिय सदस्य संजय मण्डल, पुर्व अध्यक्ष प्रताप सिह आले,अञ्चल ईन्चारर्ज शम्सेर जर्घा लगायतले राष्ट्रिय जनमुक्ति पार्टी बारे आ आफ्नो धारणा राख्दै पार्टीको सिद्धान्त “जनमुक्ति बिचारधारा” लाई अझै मझबुत् गर्न पार्टी पंक्तिले अझै बढी कसरत गर्नु पर्ने बताए थिए । जनमुक्तिलाई जनताको मनमा रहर लाग्दो, भर लाग्दो र डरलाग्दो बनाउनको निम्ति पार्टीका विचार र सिद्धान्तलाई जनताको घर दैलोमा पुर्याउनका लागि पनि नेता कार्यकर्ता डटेर अभियानमा हातेमाली गरी अघी बढ्ने जनाएकाछन । 

अध्यक्ष बैजुकुमार घिसिङ्गको नेत्रुत्वमा पदाधिकारी उपाध्यक्ष मिन बहादुर थापा मगर, सचिब सुरेन्द्र महतो, स-सचिब प्रिथ्बिमान ब्लोन, कोसाध्यक्ष गंगा राना लगायत १५ सदस्यिय समितिलाई उपस्थिती अतिथिहरुले खादा लगाई बधाई तथा सम्मान गरेका थिए । महोत्तरा जिल्ला बर्दिबास नगरपालिका ८ खजुरियामा सम्पन्न भएको अधुबेशन कार्यक्रम संचालक- प्रदेश सचिव सुमन राई गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...