Tuesday, March 10, 2020

मगर बिद्यार्थी द्वारा दिप प्रज्वलन

बुटवल । नेपाल मगर विद्यार्थी संघ, प्रदेश नम्बर ५ समितीको आयोजनामा संघको २५ औं स्थापना (रजत जयन्ती) को पूर्वसन्ध्यामा प्रदेश समितिले दिप प्रज्वलन गरेको छ ।

बुटवलको लखन चौराह चोकमा बिद्यार्थीहरुले ( रजत जयन्ती ) अवसरमा दिप प्रज्लन गरेका थिए । सो अबसरमा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष विष्णु थापाले जनताको स्वतन्त्रताका लागि, सार्वभौमसत्ताका लागि लडदै आएका मगरहरु आफ्नो हकहित को लागि लडिरहने बताएका छन् । थापाले मगर जातिको अधिकार प्राप्तिका लागि सबैमगर एक हुनुको विकल्प नभएको भन्दै इतिहासको वास्तविकतालाई चिनेर अघि बढ्नु आवश्यकभएको बताउनुभयो । उहाँले मगर संघको सांगठनिक इतिहास निर्माणमा मगर विद्यार्थीहरूकोमहत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष विष्णु थापा केन्द्रिय सचिव दिपु मगर केन्द्रिय सदस्य मनिष फाल, सरु थापा , इन्द्र सारु, पूर्व केन्द्रिय सदस्य इन्द्र सारु, प्रदेश ५ अध्यक्ष प्रदिप घर्ति मगर, गुल्मी जिल्लाका कार्यबाहक अध्यक्ष कमल काउचा मगर नेपाल मगर विद्यार्थी विद्यार्थी संघ जिल्ला कार्य समिति रुपन्देही सदस्य रमेश सारु मगर, बुटवल क्याम्पस अध्यक्ष रशमी पेमी मगर, लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष टेकराज राना लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...