Friday, March 27, 2020

व्यापारीहरुकाे समस्या समाधान गर्छु : अध्यक्ष बनिया

धिरज कोरी, कपिलवस्तु । कपिलवस्तुकाे मायादेवी बजार व्यवस्थापन समितिका अध्यक्ष परमात्मा बनियाले व्यापारीहरुकाे समस्यालाई समाधान गर्न बताएका छन् । कुनै पनि व्यक्तिलाई गाउँपालिका भित्र कालाे बजारी नगर्नका लागि अनुरोध गरेका छन् । लकडाउनमा कुनै किसिमकाे कालाे बजारी, भाेकमरी लगायत अन्य समस्या मायादेवीमा अाएकाे छैन् ।
" विश्वमा फैलिएको महामारी काेराेना भाइरसकाे कारणले सबै जनता, व्यापारी, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी र अन्य नेपाली जनताकाे दायित्व हाे कि घरमा बसाै र सरकारले जारी गरेको लकडाउनको नीति नियम पालना गरौ" अध्यक्ष बनियाले भने । अध्यक्ष बनियाले सम्पूर्ण व्यापारी र व्यवसायीलाई म अनुरोध गर्दैछु कि कुनै किसिमकाे समस्या परेमा मलाई सम्पर्क गर्नु म त्यसलाई सुलभ र सहज वातावरण बनाउने प्रयास गर्छु ।

मायादेवी बजार व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सम्पूर्ण व्यापारी र प्रहरीकाे उपस्थितिमा कालो बजारी न्यून गर्नकाे लागि सम्पूर्ण अत्यावश्यक खाद्य समाग्रीकाे दरभाउ ताेकिएकाे छ । त्यस दरभाउ उल्लङ्घन गरी कसैले बढी मुल्यमा बिक्री वितरण गरेको पाइएमा त्यसलाई कडा भन्दा कडा कारवाही गरिनेछ । खाद्य सामग्रीको दरभाउ यस्तो छ :
मायादेवी बजार व्यवस्थापन समितिले मटर दाल रु ७२ प्रति किलो, मासकाे दाल रु १८० प्रति किलो, रहर रु १४०, नुन रु २०, चिनी रु ७५, बदाम रु २००, ग्यास रु १३७५ र तेल, पिठो ताेकेकाे प्रिन्ट अनुसार भने फलफुल केरा रु ६०, सुन्तला रु १००, अनार रु २५०, अालु रु ४०, प्याज रु ६०, टमाटर रु ८०, काउली रु ६० र हरियो मटर रु ११० प्रति किलो दरभाउ तोकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...